महाकाली लोकमार्गको लागि ३ अर्ब बजेट

काठमाडौं। सरकारले महाकाली लोकमार्ग निर्माणका लागि आगामी आर्थिक वर्षमा एक अर्ब तीन करोड बजेट विनियोजन गरेको छ। विनियोजित बजेट महाकाली लोकमार्ग र दार्चुला-तिंकर सडक योजनामा खर्च गरिने नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौडेललेले बताए। महाकाली लोकमार्गको कुल लम्बाइ ४२५ किलोमिटर रहेको छ। यसमा दार्चुला-तिंकर सडक १३४ किलोमिटर रहेको छ।रासस

सम्बन्धित सामग्री

राप्ती लोकमार्ग मापदण्डअनुसार सुधार हुन्छ : मन्त्री ज्वाला

सल्यान : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राप्ती लोकमार्गलाई पूर्ण मापदण्डअनुसार सुधार गरिने बताएका छन्। राप्ती लोकमार्गमा पछिल्लो समय अत्यधिक दुर्घटनाका कारण यात्रुले ज्यान गुमाएको भन्दै लोकमार्गको सुधारमा आफ्नो विशेष ध्यान केन्द्रित भएको बताए। मन्त्री ज्वालाले यसै चालू आवमा काम सम्पन्न गर्ने गरी ९० करोड बजेट विनियोजन भई ठेक्का प्रक्रियामा रहेकाले लोकमार्गमा सुरक्षित यात्रा गर्ने वातावरण बनाउनु आफ्नो प्रमुख दायित्व भएको बताए। उनले राप्ती लोकमार्गको पूर्ण सुधारको काम सम्पन

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका लागि बजेट माग

पर्वत । मध्यहाडी लोकमार्गको वैकल्पिक रुटको रुपमा रहेको दोविल्ला–सिल्मी–ठुलीपोखरी–कार्किनेटा सडक कालोपत्रेका लागि बजेट माग गर्दै पर्वतका सातओटा वडाका बासिन्दा मुख्यमन्त्रीको कार्यकक्षमा पुगेका छन् । ट्रयाक खुलेको दुई दशकसम्म पनि कालोपत्र हुन नसक्दा नागरिकहरूले सास्ती व्यहोर्न बाध्य भएको भन्दै बजेटका लागि दबाब दिन आइतवार जनप्रतिनिधिसहित मुख्यमन्त्रीको कार्यकक्षमा पुगेका हुन् ।  प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि असार १ गते बजेट सार्वजनिक गर्दैछ । सोही बजेटमा पर्वतको कुश्मा र फलेवास नगरपालिकाको मुख्य सडकको रुपमा रहेको दोविल्ला–सिल्मी–ठुलीपोखरी–कार्किनेटा सडक कालोपत्रको योजना लगेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बुझाइएको कुश्मा नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष झलक रिमालले बताए । उनका अनुसार दबाब दिनका लागि पर्वतवाट निवाचित प्रदेश सभा सदस्य भक्त कुँवर, संविधान सभा सदस्य अर्जुनप्रसाद जोशी, कुश्मा नगरपालिका भित्रका वडा नं. ९, १०, ११, १२, १३ र १४ तथा फलेवास नगरपालिका वडा नं. १ कार्किनेटाका वडाअध्यक्षसहित स्थानीयवासी पुगेका थिए ।  सो अवसरमा मुख्यमन्त्री पाण्डेले उक्त सडक स्तोरोन्नति तथा कालोपत्र गर्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै आगामी वर्षको बजेटमा समावेश गर्ने र आवश्यक बजेट बिनियोजन गर्ने आश्वासन दिएका छन् । पोखरा–बागलुङ सडकको विकल्पमा समेत प्रयोग गर्न सकिने भएकाले धौलागिरि क्षेत्रको दोस्रो लाइफलाइनको रूपमा विकास गर्न आफू सकारात्मक रहेको र डीपीआरमा उल्लेखित लागत अनुसारको बजेट विनियोजन गरिने बताए ।   मध्यपहाडी लोकमार्गको पर्वत खण्डअन्तर्गत दोविल्लादेखि कार्किनेटासम्मको दूरी १३ किलोमिटर छ, जसमध्ये ठूलीपोखरीसम्मको झण्डै ५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । बाँकी खण्डको कालोपत्रका लागि संघ र प्रदेशमध्ये कतैबाट पनि सम्बोधन नभएपछि दबाब नै दिनुको विकल्प नभएको वडाअध्यक्ष रिमालले बताए । उक्त सडकको कालोपत्रका लागि रु. ३४ करोडको डीपीआर बनाइएको छ ।  मुख्यमन्त्री पाण्डेसँग कुश्मा नगरपालिका वडा नं. १२ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रूपमा विकास गर्न अनुमतिसमेत माग गरिएको छ भने विशेषज्ञ डाक्टर र डिजिटल एक्सरे मेसिनलगायत अन्य स्वास्थ्य उपकरणका लागि बजेट मागसमेत गरिएको छ । त्यसैगरी गहेपोखरा–बुमी–ठुलीपोखरी, ठुलीपोखरी–मातेपानी, रोहोटे, बिरौटा, औसेलुचौर–आर्थर सडक स्तरोन्नतिका लागि समेत बजेट माग गरिएको छ ।  अहिले पनि पोखरा–बागलुङ सडक अवरुद्ध हुँदा यस क्षेत्रका नागरिकले दोविल्ला–ठुलीापेखरी–कार्किनेटा हुँदै स्याङ्जाको नौडाँडा तर्फवाट पोखरा लगायतका गन्तव्यमा जाने गरेका छन् ।  स्याङ्जा, बुटवल, पाल्पा जानका लागि यस क्षेत्रका नागरिकलाई यो सडक धेरै छोटो पर्ने भएकाले पनि कालोपत्र अत्यावश्यक रहेको प्रदेश सभा सदस्य भक्त कुँवरले बताए । उनले यो सडकका लागि जसरी पनि बजेट विनियोजन गर्न आफूले समेत दबाब दिने बताए ।   त्यस्तै संविधानसभा सदस्य अर्जुनप्रसाद जोशी र माअ‍ोवादी केन्द्रीय सदस्य सुदीप कुँवरले पनि आगामी वर्षको बजेटमा उक्त सडकका लागि आवश्यक बजेट विनियोजन गर्न आग्रह गरिने र सम्बोधन नभए थप दबाब सिर्जना गरिने बताए ।

ओझेल पर्यो मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक

म्याग्दी – पूर्व-पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी-दरवाङ-मुना-जलजला-ढोरपाटन सडक ओझेलमा परेको छ। मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडकको थप १९ किलोमिटर मार्ग खोलेपछि ढोरपाटनसँग जोडिनेछ। तर पछिल्लो दुई वर्षयता बजेट विनियोजन नहुँदा सडक निर्माण रोकिएको छ। भौगोलिकरूपमा म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका बासिन्दा लाभान्वित हुने र दीर्घकालीनरूपमा राष्ट्रिय महत्व […]

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक ओझेलमा - NepaliPatra

पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक ओझेलमा परेको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडकको थप १९ किलोमिटर मार्ग खोलेपछि ढोरपाटनसँग जोडिनेछ । तर पछिल्लो दुई वर्षयता बजेट विनियोजन नहुँदा सडक निर्माण रोकिएको छ । भौगोलिकरूपमा म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका बासिन्दा लाभान्वित हुने र दीर्घकालीनरूपमा राष्ट्रिय […]

भुक्तानी नपाउँदा ठेकेदार काम छाड्ने तरखरमा

पूर्वमा झापाको बाहुनडाँडा पश्चिममा डढेलधुराको रूपाल जोड्ने निर्माणाधीन राष्ट्रिय महत्वको ‘मदन भण्डारी लोकमार्ग’को काम बजेट अभावमा प्रभावित भएको छ। लोकमार्गको उदयपुर खण्डका विभिन्न दर्जन पुलको काम सकिने अवस्थामा पुगे पनि भुक्तानी गर्न नसक्दा ठेकेदारले काम ...

भुक्तानी नपाउँदा ठेकेदार काम छाड्ने तरखरमा

पूर्वमा झापाको बाहुनडाँडा पश्चिममा डढेलधुराको रूपाल जोड्ने निर्माणाधीन राष्ट्रिय महत्वको ‘मदन भण्डारी लोकमार्ग’को काम बजेट अभावमा प्रभावित भएको छ। लोकमार्गको उदयपुर खण्डका विभिन्न दर्जन पुलको काम सकिने अवस्थामा पुगे पनि भुक्तानी गर्न नसक्दा ठेकेदारले काम ...

गणेशमान सिंह लोकमार्गका लागि बजेट विनियोजन गरियोस् : प्रतिमा गौतम

नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले गणेशमान सिंह लोकमार्गको बाटो बनाउन बजेट विनियोजन गरिदिन सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति हुँदै

ढोरपाटन । निसीखोला मोटरबाटोले जोडिएको धेरै भएको छैन । एक दशकअगाडि मध्यपहाडी लोकमार्गले जोडिएपछि थुप्रै शाखा सडक निर्माण भए । विसं २०६६/६७ मा लोकमार्ग निसीखोला हुँदै रुकुम जोडिएको थियो । सो मार्ग देवीस्थान–झिवाखोला हुँदै निसी जोडिएपछि बायखोला–झिम्पा क्षेत्रका स्थानीय ओझेलमा परेका थिए । विसं २०७५ मा गाउँपालिका र केन्द्र सरकारको समन्वयमा लोकमार्गको वैकल्पिक सडकका रुपमा बायखोला–झिम्पा सडक निर्माण भयो । पाँच वर्ष अगाडि निर्माण भएको वैकल्पिक सडक साँघुरो र जोखिमयुक्त छ । निसीखोला गाउँपालिकाले यस सडकलाई अघिल्लो आर्थिक वर्षदेखि स्तरोन्नति गर्न थालेको छ । गाउँपालिकाले वडा नम्बर २ को बायखोलादेखि वडा नम्बर ५ को निसी ढाँडसम्मको १५ किलोमिटर सडक स्तरोन्नति गर्न थालेको हो । यो सडक शुरूमा मध्यपहाडी लोकमार्गका लागि प्रस्तावित भए पनि अवरोध र विवादका कारण अर्कोपट्टिबाट लगिएको स्थानीय बताउँछन् । यो सडकले ढोरपाटन नगरपालिका–२ देखि निसीखोला गाउँपालिका वडा नम्बर ५ जोडेको छ । सडक स्तरोन्नतिका लागि गाउँपालिकाले १ करोड ३० लाख र केन्द्र सरकारले १ करोड ३० लाख गरी २ करोड ६० लाख विनियोजन भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए । अघिल्लो आवमा गाउँपालिकाले विनियोजन गरेको ८५ लाखले काम थालनी गरेको र यस वर्ष बढी सडक स्तरोन्नति हुने गौतमको भनाइ छ । ‘यो सडक लोकमार्गको वैकल्पिक र गाउँपालिकाको गौरवको आयोजना हो, १५ किलोमिटर सडक छ, यसको स्तरोन्नति गर्न बढी नै बजेट आवश्यक पर्छ, थोरै–थोरै बजेट विनियोजन हुँदा एकैपटक काम सक्न सकिएको छैन,’ सूचना अधिकारी गौतमले भने, ‘यस वर्ष साढे २ करोडभन्दा बढी बजेट विनियोजन भएको छ, यसले अघिल्लो वर्षको तुलनामा धेरै काम हुनेछ ।’ सडक स्तरोन्नति गर्न बोलपत्र आह्वान भएको र ठेक्का सम्झौताको प्रक्रिया शुरू भएको उको भनाइ छ । यो वर्ष सडक चौडा गर्ने, नाली निर्माणलगायत काम हुने गौतमले बताए । माघ दोस्रो सातादेखि स्तरोन्नतिको काम शुरू हुने उनको भनाइ छ । अघिल्लोपटक गाउँपालिको १५ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गर्न १५ करोडभन्दा बढी बजेट आवश्यक पर्ने अनुमान गरेको थियो । वडा नम्बर ४ का अध्यक्ष टिकानिधि पौडेलले यो सडक गाउँपालिकावासीको ‘लाइफलाइन’ भएको भन्दै हरेक वर्ष बजेट विनियोजन गरी स्तरोन्नतिको काम गरिरहेको बताए । वर्षाको समय लोकमार्ग अवरुद्ध हुने हुँदा यो सडक उपयुक्त हुने उनी बताउँछन् । ‘यो सडक निसीखोलावासीको भविष्यसँग जोडिएको छ, मध्यपहाडी लोकमार्गसँगै सडकले सयौं नागरिकको जीवन बदलिएको छ । यसको स्तरोन्नतिका लागि गाउँपालिकाले हरेक वर्ष बजेट छुट्ट्याउँदै आएको छ, केन्द्र सरकार र प्रदेश सरकारले बजेट छुट्ट्याउन जरुरी छ । यो सडक मेरो वडामा बढी पर्ने भएको हुँदा हामी स्तरोन्नतीमा जुटेका छौं ।’ गाउँपालिकाका निवर्तमान अध्यक्ष तारानाथ पौडेलले सडकको विसं २०६३ मा ट्र्याक खोल्न शुरू गरे पनि लामो समयसम्म स्थानीयस्तरमा विवाद हुँदा र बजेट अभावले सकडले पूर्णता पाउन नसकेको बताए । स्थानीय सरकार गठन भएपछि विसं २०७५ मा पालिकाले बजेट छुट्ट्याएर ट्र्याक खोलेको भन्दै अघिल्लो वर्ष स्तरोन्नतिलाई थोरै बजेट छुट्ट्याएर काम शुरुआत गरेको बताए । साविक निसी, बोहोरागाउँ र देवीस्थान गाउँ विकास समितिले २–२ लाख, अर्थ मन्त्रालयबाट ४०, डोलीडार संस्थाबाट ७ लाख, जिल्ला विकास समितिबाट ८ लाख गरी ६१ लाखमा सडकको ट्र्याक खोलेको पौडेलले स्मरण गरे । सडकले गाउँपालिका २, ४ र ५ का हजारौं नागरिकको दैनिकी फेरि दिएको छ । उनले भने, ‘लामो समयको संघर्षपछि अहिले सबै ट्र्याक खोलेका थियौं । स्तरोन्नति गर्न अहिले गाउँपालिकाले तदारुकता देखाएको छ । सडक निर्माणमा विभिन्न पक्षबीच विवाद हुँदा ढोरपाटन नगरपालिकाको पाखुतेदेखि निसीखोला–२ बायखोलासम्म–५ को ढाँडदेखि वडा नम्बर ४ को खाडचौरसम्म ट्र्याक खोलिए पनि ४ किलोमिटर सडक निर्माण नहुँदा सडक पूर्ण रूपमा जोडिएको थिएन । पालिका स्थापनाको पहिलो वर्ष हामीले ४५ लाख विनियोजन गरी ४ किलोमिटर सडक खनेर दुवैपट्टिको सडक जोडेका थियौं ।’ यो सडक मध्यपहाडी लोकमार्गभन्दा ४ किलोमिटर छोटो पर्ने स्थानीयले बताएका छन् । स्थानीय कृषक धर्मराज पोखरेलले वैकल्पिक सडकले गाउँ जोडिएपछि आफूहरूले उत्पादन गरेको फलफूल तथा तरकारीले सहज रुपमा बजार पाउन थालेको बताए । उनले गाउँमा सडक नजोडिँदा डोकोमा बोकेर बजार पुर्‍याउने गरेको भन्दै अहिले ग्राहकसमेत बारीमै तरकारी लिन आउने बताए । उनले भने, ‘पहिले गाउँमा सडक नहुँदा यहाँका कृषक, व्यवसायीलाई निकै कठिन थियो, सामान ढुवानी गर्न घोडा खच्चडको प्रयोग गर्नुपर्ने बाध्यता थियो । अहिले गाडीमार्फत सहजै सामान ढुवानी गर्न थालेका छन्, त्यति मात्रै होइन, सडकले नजोडिएको अवस्थामा गाउँमा कोही बिरामी पर्‍यो भने डोकोमा बोकेर अस्पताल पुर्‍याउनुपर्ने बाध्यता थियो, अहिले त्यो समस्याको अन्त्य भएको छ, स्तरोन्नति भएपछि अझ बढी सहज हुने छ ।’ रासस

महाकाली लोकमार्ग : बजेट अभाव र प्रक्रियागत उल्झनमै बित्यो एक दशक

दोधारा चाँदनी, २९ पुस । कञ्चनपुरको बह्मदेवबाट दार्चुलाको तिङ्कर जोड्ने महाकाली लोकमार्गको काम प्रक्रियागत उल्झनले सुस्त भएको छ । नेपाल, भारत र चीनसँगकोे त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली लोकमार्ग निर्माणका लागि वन क्षेत्रमा पर्ने रूख कटानीलगायत पक्रियामै अलझिँदा आयोजना सुरु भएको एक दशक बित्दासमेत हालसम्म जिरो प्वाइन्टको ट्र्याक पनि खुलाइएको छैन […]

राप्ती लोकमार्गको स्तरोन्नति गरिने

सल्यान : सरकारले आगामी बजेटबाट राप्ती लोकमार्गको स्तरोन्नति गर्ने भएको छ। राप्ती लोकमार्गअन्तर्गत अमिलिया, तुलसीपुर, सल्यान रुकुम मुसिकोट सडक र शहीद मार्गको घोराही, थवाङ मैकोट सडकका लागि तीन अर्ब बजेट विनियोजन गरिएको छ। आइतबार संसद्‌मा आर्थिक वर्ष २०७९।०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले दुई सडकखण्ड स्तरोन्नतिका लागि ३ अर्ब बजेट विनियोजन गरिएको बताएका हुन्।यस्तै मदनभण्डारी लोकमार्गले सल्यानलाई पनि छुने भएको छ। मदनभण्डारी लोकमार्ग रोल्पाबाट दाङ हुँदै ला