जुम्ला : तिला गाउँपालिका र गैरसरकारी संस्था सर्वोदय नेपालसँगको समन्वयमा छुइगोठ मुक्त अभियान जारी रहेको छ। समाजमा विकृतिका रूपमा जरा गाडेर बसेको छाउपडी प्रथा न्यूनीकरणका लागि छुइगोठ मुक्त अभियान थालिएको हो।‘छाउपडी महिलाको वृद्धि विकासको बाधक हो, ‘तिला गाउँपालिकाकी उपाध्यक्ष तथा सामाजिक अभियन्ता विष्णु बुढा भन्छिन्, ‘महिला सशक्तीकरण, लैङ्गिक समानता र विभेद न्यूनीकरणका लागि यो अभियान एक नमुना कार्य हो।’ उनले हालसम्म बस्ती र तिला गाउँपालिकाका १४ बस्ती छुइगोठ मुक्त भएको ब