काठमाण्डाै - मानिससँगै पशुपन्छी र बोटबिरुवामा जीवाणु हाबी हुँदै गएको छ । पछिल्लो समय जीवाणुमा औषधिविरुद्धको प्रतिरोधी क्षमता बढ्दै गएको विज्ञले बताएका छन् । जीवाणु शक्तिशाली बन्दै जानुमा जथाभाबी औषधिको प्रयोग नै मुख्य कारण भएको विज्ञको भनाइ छ ।
विज्ञकाअनुसार नेपाल जस्ता विकासोन्मुख देशमा यो समस्या अझ बढ्दो छ । तर, औषधिले काम नगर्ने अवस्था विश्वव्यापी जनस्वास्थ्यको समस्याका रुपमा देखा पर्न थालेको छ । विज्ञले मानिस तथा पशुपन्छीमा हुने सङ्क्रमण रोकथाम तथा उपचारमा प्रयोग हुने एन्टीमाइक्रोबियल औषधिको सही प्रयोग गर्...