स्थानीय निर्वाचन, २०७९ जारी रहेकै हप्ता बैंकिङ कर्जा लगानी र निक्षेप सकल दुबै घट्न पुगेको छ । बैंकर्स संघले सार्वजनिक गरेको रिपोर्टअनुसार पछिल्लो हप्ता अर्थात् वैशाख २३ गतेदेखि वैशाख ३० गतेसम्म २७ वाणिज्य बैंकहरुको निक्षेप संकलन ३ अर्ब रुपैयाँले घट्दै ४३ खर्ब ७० अर्ब रुपैयाँमा झरेको हो । अघिल्लो हप्ता अर्थात् गत बैशाख १६ गतेदेखि २३ गतेसम्म यस्तो निक्षेप बैंकहरुले ५ अर्बले वृद्धि गर्दै ४३ खर्ब ७३ अर्ब रुपैयाँ संकलन गरेका थिए । चुनावी खर्चकै कारण निक्षेपकर्ताहरुले पैसा राख्नु साटो झिक्दा निक्