काठमाडौं, १० कार्तिक । आज भाइटीकाका अवसरमा रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भक्तजनको भिड लागेको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन मात्र खुला हुने यो मन्दिरमा बिहानैदेखि भाइटीका मनाउने भक्तजनको भिड लागेको हो । भाइटिकाको अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका […]