काठमाडौं : काठमाडौं उपत्यका सहित देशभर चिसो बढ्दै गएको छ। हिजो काठमाडौंको न्युनतम तापक्रम यस वर्षकै कम मापन भएको थियो। आज हिजोभन्दा १ डिग्री सेल्सियसले घटेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। उनका अनुसार हिजो ९ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज ८ दशमलव ५ डिग्रीमा झरेको छ। देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हुस्सु लागेको छ । दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस भएको छ। तापक्रम क्रमिकरुपमा घट्दै गएकाले चिसो बढ्दै गएको विभागले जनाए