बारम्बार एउटै कार्यक्रम

काठमाडौं । आगामी आर्थिक वर्ष (आव)को बजेटमा धेरैजसो पुरानै कार्यक्रमले निरन्तरता पाएका छन् । स्टार्टअप बिजनेशमा अनुदान दिने, रेल, पानीजहाजको सम्भाव्यता अध्ययन गर्नेसम्मका विगतमा ल्याइएका तर कार्यान्वयनमा जान नसकेका कार्यक्रमलाई सरकारले बजेटमा दोहोर्‍याएको हो । करीब १० वर्षदेखि सरकारले हरेक वर्षको बजेटमा नवप्रवर्तन (स्टार्टअप) व्यवसायलाई सहयोग गर्न सहुलियतपूर्ण कर्जा दिने भन्दै आएको छ । अहिलेसम्म एक जनालाई पनि कर्जा दिन सकेको छैन । यसपालिको बजेटमा पनि भेन्चर क्यापिटलमार्फत बीउ पूँजी प्रदान गर्ने घोषणा छ । र, देशका सातै प्रदेशमा बिजनेश इन्कुबेशन सेन्टर स्थापना गर्न २६ करोड रुपैयाँ विनियोजन गरिएको छ । विदेशबाट फर्किएका युवालाई च्यालेन्ज फन्डमार्फत सहुलियतपूर्ण कर्जा दिने भनेको छ । ठूला उद्योगले स्टार्टअप, साना तथा मझौला व्यवसायलाई सहयोग गर्ने वातावरण मिलाइने भनिएको छ । विगतमा पनि यस्तै प्रकृतिका कार्यक्रम ल्याइएको थियो । अहिले नाम बदलिएका ती कार्यक्रम लागू हुने आधार भने छैन । स्टार्टअप बिजनेश गर्नेलाई कर्जा दिने कार्यविधि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा लामो समयदेखि अड्किरहेको छ । उनीहरू नवप्रर्वतन कस्तालाई मान्ने भन्नेमै स्पष्ट हुन नसकिरहेको देखिन्छ । पूर्वाधारको क्षेत्रमा पनि पुरानै कार्यक्रम दोहोर्‍याएर आश्वासन मात्रै बाँड्ने काम गरेको छ । अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले घरघरमा पाइपबाट ग्यास, रेल, मेट्रोरेल, पानीजहाजका सपना देखाए पनि अहिलेसम्म त्यसतर्फ कुनै प्रगति भएको छैन । ‘नेपालीको सपना : परिवर्तनकारी पूर्वाधारको योजना’ नयाँ नारा दिँदै वर्तमान सरकारले ल्याएको बजेटमा पूर्व–पश्चिम रेलको निजगढ खण्डको निर्माण कार्यलाई तीव्रता दिने, वीरगञ्ज–काठमाडौं रेलमार्ग र काठमाडौं मेट्रोरेलको डीपीआर तयार गर्ने, विराटनगर–धरान, पथलैया–वीरगञ्ज, भैरहवा–बुटवल र पोखरा उपत्यकामा ट्राम यातायातको सम्भाव्यता अध्ययन गर्ने भनिएको छ । यी कार्यक्रम कार्यान्वयनमा जाने कुनै आधार देखिँदैन । अघिल्ला बजेटमा पनि यिनै कार्यक्रम थिए । तर, न ती कार्यक्रमबारे कुनै अध्ययन भएको छ न अरू कुनै प्रगति नै । अर्थशास्त्री केशव आचार्य सरकारले एक्शन देखाउनुभन्दा पनि सपनाको पुलिन्दा बाँड्ने काम गरेको बताउँछन् । उनका अनुसार एक्शन प्लानसहितको बजेट आउनुपर्नेमा त्यसो नगरी पुरानै तरीकाले ल्याइएकाले जनताले नयाँ अनुभूति गर्न पाउने छैनन् । अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटमा प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनलाई ध्यानमा राखी मतदाता रिझाउने प्रयास गरिएको छ । अनुत्पादक क्षेत्रमा बजेट विनियोजन गर्न कन्जुस्याइँ गरिएको छैन । यसको उदाहरण वृद्धभत्ता पाउने उमेर हो । नेपालीको औसत आयु बढ्दै गएका बेला ६८ वर्षमाथिले वृद्धभत्ता पाउने व्यवस्था बजेटले गरेको छ । यसको विज्ञहरूबाट आलोचना भएको छ । स्वास्थ्य क्षेत्रमा समेत पुरानै कार्यक्रमलाई व्यापक रूपमा दोहोर्‍याइएको छ । यसले जनस्वास्थ्यमा सरकारको लापरबाही कस्तो छ भन्ने देखाउँछ । आगामी आर्थिक वर्षमा दुर्गम क्षेत्रका अस्पतालमा एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्न लागेको छ । यसअघि आव २०७७/७८ मा पनि एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्ने घोषणा भएको थियो । गत आवको अन्त्यमा १० ओटा अस्पतालमा बजेट नै विनियोजन गरेर कार्यक्रम लागू भएको घोषणा गरिएको थियो । राष्ट्रिय ट्रमा सेन्टर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, भरतपुर अस्पताल, डँडेलधुरा अस्पताल, दैलेख अस्पताल, प्यूठान अस्पताल, गोरखा अस्पताल, नुवाकोट अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल र पाँचथर अस्पतालमा यो कार्यक्रम लागू भएको बताइएको थियो । तर, यी अस्पतालमा कार्यक्रम सफल नभएपछि चालू आवमा उक्त कार्यक्रम नै हटाइएको थियो । त्यसैगरी, क्यान्सर रोगको निदान गरी स्वदेशमै उपचार सेवा दिन आवश्यक पर्ने पेटस्क्यान मेशिन र साइक्लोट्रोन स्थापना गर्न ५० करोड विनियोजन गरेको छ । वर्षैपिच्छे सरकारको प्राथमिकतामा पर्र्ने गरेको पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप शुरू गर्ने योजना यसपटक पनि छ । सरकारले मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई ५ लाख रुपैयाँ र डायलाइसिस सेवा नि:शुल्क दिँदै आएको छ । यस कार्यक्रमलाई नाम बदलेर निरन्तरता दिइएको छ ।   पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले धेरै कार्यक्रम हाबादारी राख्ने गरिएको बताए । ‘धेरै वर्ष भयो नेपाली कांग्रेसको उदारवाद नीतिबमोजिम हेटौंडा कपडा उद्योग बन्द भएको हो । यसका मेशिन पुराना मात्र नभएर खिया लागिसकेका छन्, यसको अध्ययन गरेर यसलाई फेरि खडा गर्न लाग्ने लगानी र समयबारे विचारै नगरी यस वर्षको बजेटमा हेटौंडा कपडाबाट उत्पादित कपडा लगाउनुपर्ने भनिएको छ । यस्तो हाबादारी कुरा गरेर कति समय जनतालाई ठग्ने ?,’ उनले प्रश्न गरेका छन् । योजना, नीति र कार्यक्रमलाई सही मार्गमा अगाडि बढाउन योजना आयोगले प्रभावकारी भूमिका खेल्न नसक्दा बजेटमा हाबादारी र पुरानै कार्यक्रम पर्ने पूर्वअर्थमन्त्री लोहनी बताउँछन् । उनका अनुसार योजना आयोगका सदस्यहरूले आफ्नो विज्ञता र दक्षता प्रदर्शन गरी राजनीतिक नेतालाई योजना, नीति र कार्यक्रम तर्जुमा र तिनको कार्यान्वयनको महत्त्व दर्शाउनेभन्दा पनि जागीरे प्रवृत्ति प्रदर्शन गरेको देखिन्छ ।

सम्बन्धित सामग्री

किन हुन्छ बारम्बार गर्भपतन ?

पहिला त बारम्बार गर्भपतन केलाई भन्ने त्यो बुझ्न जरुरी छ । पाठेघरमा भ्रूण बसेको २२ हप्ताभित्रै गर्भ खेर गएमा त्यसलाई गर्भपतन भनेर बुझिन्छ । कुनै पनि महिलाको दुई वा सोभन्दा बढी प्राकृतिक रुपमै गर्भ खेर गएको अवस्थालाई बारम्बार गर्भपतन भएको बुझ्न सकिन्छ । बारम्बार गर्भपतन धेरैजसो पहिलो र दोस्रो त्रैमासिकमा हुन्छ । गर्भावस्थालाई तीन चरणमा […]

सत्ता गठबन्धनले बारम्बार संविधान उल्लंघन गरिरहेको छ : झलनाथ खनाल

९ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनले बारम्बार संविधान विपरीत काम गरेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा पार्टी स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानको रक्षा गर्ने भन्ने गठबन्धनले नै बारम्बार संविधान मिचेको बताएका हुन् । ‘हामी संविधानको रक्षा गर्ने भन्छौं, तर संविधानको रक्षा गर्ने हाम्रो जो गठबन्धन छ, त्यही […]

हामी किन बारम्बार एउटै सपना देख्छौं ?

काठमाडौं । कहिलेकाहीँ सपनामा हामी झसंग हुन्छौँ । बारम्बार एउटै सपना देख्दा झन् झस्किन्छौं । बारम्बार झस्काउने सपनाबाट टाढा हुनका लागि केही काम स्वयंमले गर्नुपर्नेहुन्छ । जीवनको गहिरो भोगाइ सपनाका रूपमा पुनरावृत्ति भइरहने मनोविद्हरूको बुझाइ छ । ‘एउटा पात्रले बारम्बार सोच्ने  सोच वा जीवनका गहिरो भोगाइ सपनाका रूपमा बारम्बार दोहोरिन्छन्,’ हावर्ड मेडिकल स्कुलमा कार्यरत मनोविद् डेर्ड बार्ट भन्छन् […]

बारम्बार पिसाब लाग्नु गम्भीर रोगको संकेत

पानी पिएको केही समयपछि पिसाब लाग्नुलाई स्वभाविक मानिन्छ । केही व्यक्तिहरु भने ३ देखि ४ पटकसम्म बारम्बार पिसाब गर्न जाने गर्छन् । भने, केहीलाई दिनमा नै धेरै पटक पिसाब लाग्ने गर्छ । बारम्बार पिसाब लाग्नु शारीरिक समस्याको कारण हुन सक्छ । बारम्बार मुत्रबिसर्जन गर्नु घातक हो । किन बारम्बार पिसाब लाग्छ त ? यसका थुप्रै कारणहरु छन् । बारम्बार पिसाब लाग्नु के हो ? यदि कुनै पनि व्यक्ति २४ घण्टामा बारम्बार पिसाब गर्छ । त्यो व्यक्तिमा फ्रिक्वेन्टली युरिनेशन श्रेणीमा राखिन्छ । रिपोर्टका अनुसार यदि

यी अंगहरूलाई बारम्बार छुँदा हुन्छ स्वास्थ्यलाई हानि, तपाईमा यस्तो बानी त छैन ?

हामीहरू स्वस्थ रहनका लागि हरसम्भव कोशिश गरिरहेका हुन्छौं । तैपनि नजानिकनै हामीहरू गल्ती गरिरहेका हुन्छौं जसले पछि गम्भीर परिणाम निकाल्छन् । केही मानिसलाई शरीरका अंग बारम्बार छुने फोहोरी बानी लागेको हुन्छ । यो बानीले स्वास्थ्यलाई हानि गर्छ । तपाईंमा पनि यस्तो बानी छ भने सुधार्नुस् । औंलामा ब्याक्टेरिया केही मानिस बारम्बार हातले आँखा मिचिरहेका हुन्छन् । यसो गर्दा आँखाभित्र ब्याक्टेरिया छिर्छन् । यी ब्याक्टेरियाका कारण आँखा चिलाउने, पोल्ने र पानी निस्कने समस्या आउँछ । डण्डीफोर चलाउने अनुहारमा डण्डीफोर आउनु सामान्य कुरा ह...

किन हुन्छ बारम्बार गर्भपात ?

गर्भपात (मिसक्यारेज) आम समस्याको रुपमा देखिएको छ । सामान्यतया अस्वस्थकर जीवनशैली, ढिला विवाह, तनावपूर्ण दैनिकीजस्ता अनेकन् कारणले गर्भपातको समस्या देखिने चिकित्सकहरु बताउँछन् ।कतिपय महिला गर्भपात एकदुई पटकमात्रै होइन, बारम्बार अर्थात् धेरै पटक हुने समस्याबाट ग्रसित छन् । समयमै समस्याको जड पत्ता लगाउने हो भने यसको समाधान हुने चिकित्सकहरुको भनाइ छ । कतिपय दम्पतीले यस्तो समस्या लुकाउने, उपचार तथा चिकित्सकको परामर्शमा नजाने गर्दा पनि बारम्बार समस्या दोहोरिरहेको पाइन्छ ।हामीले वास्तवमै गर्भपात किन हु

यी अंगहरूलाई बारम्बार छुँदा हुन्छ स्वास्थ्यलाई हानि, तपाईमा यस्तो बानी त छैन ?

हामीहरू स्वस्थ रहनका लागि हरसम्भव कोशिश गरिरहेका हुन्छौं । तैपनि नजानिकनै हामीहरू गल्ती गरिरहेका हुन्छौं जसले पछि गम्भीर परिणाम निकाल्छन् । केही मानिसलाई शरीरका अंग बारम्बार छुने फोहोरी बानी लागेको हुन्छ । यो बानीले स्वास्थ्यलाई हानि गर्छ । तपाईंमा पनि यस्तो बानी छ भने सुधार्नुस् । औंलामा ब्याक्टेरिया केही मानिस बारम्बार हातले आँखा मिचिरहेका हुन्छन् । यसो गर्दा आँखाभित्र ब्याक्टेरिया छिर्छन् । यी ब्याक्टेरियाका कारण आँखा चिलाउने, पोल्ने र पानी निस्कने समस्या आउँछ । डण्डीफोर चलाउने अनुहारमा डण्डीफोर आउनु सामान्य कुरा ह...

रातमा बारम्बार निन्द्राबाट बिउँझनु असामायिक मृत्युको संकेत

एक अध्ययनका अनुसार रातमा बारम्बार बिउँझिने महिलाहरुको कम उमेरमा मृत्यु हुने सम्भावना धेरै हुन्छ । ८ हजार पुरुष र महिलाहरूमाथि गरिएको एक अनुसन्धानले उक्त तथ्य पत्ता लगाएको हो । अनुसन्धानकर्ताका अनुसार रातिमा बारम्बार निन्द्रा खुल्नुका विभिन्न कारणहरु हुन सक्छन् । यो मस्तिष्कको एक प्राकृतिक प्रक्रिया हो । हात गोडामा अचानक पीडा हुनु, दुख्नु, कुनै पनि प्रकारका ट्रमा वा सास फेर्न समस्या हुनु जस्ता समस्याले रातिमा निन्द्रा अचानक खुल्न सक्छ । यसका कारण पर्याप्त निदाउन सकिदैन । यसलाई (unconscious w