इजरायलबाट फर्किएर गाईपालन

इजरायलबाट फर्किएका यहाँका एक युवा गाईपालनबाट राम्रो आम्दानी लिन सफल भएका छन् । वीरेन्द्रनगर नगरपालिका–९, तिलपुरका दिपेन्द्र कार्की गाईपालनबाट राम्रो आम्दानी लिन सफल भएका हुन् । दिपेन्द्रको समय विहान झिसमिसमै उठेदेखि राति अबेरसम्म गाई गोठमै बित्छ । भकारो सोहोर्नु, गाईलाई दानापानी खुवाउनु, दूध दुहूनु, गाईका लागि घाँस र पराल संकलन गर्नु उनका दैनिक दोहोरिने काम हुन् । उनलाई व्यवसायमा सघाउँदै आइरहेकी छिन, पत्नी निताले ।

सम्बन्धित सामग्री

पहाडे गाईपालन गर्ने किसानलाई मासिक एक हजार

अर्जुनचौपारी गाउँपालिकाले पहाडे गाईपालन गर्ने कृषकलाई प्रोत्साहन स्वरुप मासिक एक हजार रुपियाँ उपलब्ध गराउने भएको छ ।

गाईपालन प्रवर्द्धन गर्न ८२ जना किसानलाई सामग्री वितरण

हेटौँडा उपमहानगरपालिकाले गाईपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत पदमपोखरीका कृषकलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

विज्ञानमा स्नातक युवा गाईपालन व्यवसायमा

विज्ञान विषयमा स्नातक बेदप्रसाद तिमिल्सिना गाईपालन व्यवसायमा लागेका छन् । स्वदेशमा रोजगारी अभाव र लगानी गर्ने वातावरण नभएको भन्दै युवा जनशक्ति विदेश पलायन भैरहेको अवस्थामा उनी एक उदाहरणको रूपमा रहेका छन् । पर्वतको मोदी गाउँपालिका–२, देउपुरका ३८ वर्षीय युवा तिमिल्सिनाले गाउँमै दुध उत्पादन गरेर लाखौ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । तिमिल्सिनाले सञ्चालन गरेको […]

विदेशबाट फर्केर गाईपालन

काठमाडौँ- तुलसीपुर उपमहानगरपालिका वडा नं ८ दुधेनाका ४६ वर्षीय शशि बुढाथोकी व्यावसायिकरुपमा उन्नत जातका गाई पाल्दै आएका छन् । विगत १२ वर्षदेखि पशुपालन व्यवसाय गर्दै आएका उनले अहिले आफ्नो परिवारका तीनसदस्यसहित अन्य दुई जनालाई रोजगारी पनि दिएका छन् । यो पेसाबाट सन्तुष्ट रहेका बुढाथोकी भन्छन्, “वार्षिक करिब रु दस लाखदेखि रु १२ लाखसम्म बचत गर्न […]

गाईपालन र छुर्पी उद्योगबाट मासिक डेढ लाख आम्दानी

भदौ २९, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ मारेकका कमल अधिकारीले १५ लाख रुपैयाँको लागतमा गाउँमै गाईपालनसँगै छुर्पी उद्योग व्यावसायबाट राम्रो आम्दानी गरिरहेका छन् । शुरुमा केही गाईबाट व्यवसाय शुरु गरेका अधिकारीले नमूना गाईफार्म दर्ता गरेर डेरी उद्योग नै सञ्चालन गरिरहेका छन् ।  विसं २०७४ देखि नै डेरी उद्योग व्यवसाय सञ्चालन गरेका अधिकारीले शुरुमा आफ्नै फर्ममा उत्पादित ६० लिटर दूधबाट व्यवसाय शुरु गरेका थिए । करीब डेढ वर्ष आफ्नै फर्ममा उत्पादित दूधबाट मात्रै उद्योग सञ्चालन गरेका अधिकारीले अहिले आफ्नो गोठ र गाउँका कृषकको गरी दैनिक एक हजार २०० लिटर दूध प्रशोधन गर्ने गरेको बताए ।  उत्पादित छुर्पीलाई बजारको कुनै समस्या छैन । यहाँ उत्पादन भएको छुर्पी, घ्यू धनकुटा लगायत पूर्वी तराईका जिल्ला सहित भारत, कोरिया, अमेरिका लयातका मुलुकमा निर्यात हुने गरेको छ । छुर्पी खरीदका लागि व्यापारीहरू उद्योगसम्मै आउने गरेका छन् । उद्योगबाटै छुर्पी प्रतिकिलो ८०० रुपैयाँ र घ्यू प्रतिकिलो ५०० रुपैयाँमा विक्री हुने गरेको छ । ४ वर्षदेखि व्यवसाय सञ्चालन गरिरहेका अधिकारी गाउँमै मनग्य आम्दानी गर्न सफल भएका छन् । गाईपालन र डेरी उद्योगमा मासिक १५ लाख दूध अन्य किसानको खरीद गर्ने बताउने अधिकारीले मासिक ३ लाख आम्दानी गरेको भएपनि खर्च कटाएर मासिक एक लाख ५० हजार रुपैयाँसम्म बचत गर्ने गरेको बताए ।  हुन त युरोपका बजारमा छुर्पीको माग बढेपछि पूर्वी नेपालको पहाडी जिल्लामा दुग्ध प्रशोधन उद्योग खुल्ने क्रम निकै बढेको छ। तरपनि अधिकारीले गाईको दूधबाट बनाइने छुर्पीको माग धान्न नसकेको बताउँछन् । अधिकारीले आफ्नो उद्योगमा दूधका अन्य परिकार समेत बनाइरहेका छन् । यसरी भयो उद्योग स्थापना गाउँका किसानले उत्पादन गरेको दूध विक्री नभएपछि गाउँलेको समेत दूध खरीद गरेर छुर्पी उद्योग सञ्चालन गरेको अधिकारीले बताउँछन् । शुरुमा सुनसरीको एक सहकारीले गाउँमा आएर किसानहरुसँग वार्षिक कति दूध विक्री गर्ने भनेर सम्झौता गरेको र पछि दूध धेरै भएको सो सहकारीले नलिएपछि आफैं उद्योग स्थापना गरेको अधिकारीले बताए । उद्योग स्थापनाका शुरुका दिनमा काम नजानेर धेरै सामान खेर गएको अधिकारीको भनाइ छ ।  डेढ वर्षसम्म आफूलाई दुग्ध परिकार बनाउन सिक्नै लागेको अब केही जान्दछु भनेर अन्य किसानको दूध संकलन गर्न थालेको अधिकारीले बताए । उनले छुर्पी उद्योगसँगै आफ्नै गाई फर्ममा देनिक १७० लिटर दूध उत्पादन गर्दै आएका छन् ।   किसानलाई सहज गाउँमै छुर्पी उद्योग स्थापनासँगै महालक्ष्मी १ का किसानले उत्पादन गरेको दूधले बजार पाउन निकै सहज भएको छ । दुग्ध विकास संस्थान र कामधेनु सहकारी सुनसरीले आफूलाई आवश्यक पर्दा मात्रै दूध लाने गरेको बताउने किसानहरु गाउँमै स्थापना भएको उद्योगले दूध खरीद गर्न थालेपछि खुशी भएका छन् । उद्योगले दूध खरीद गर्न थालेपछि आम्दानीको मुख्य स्रोतको रुपमा पशुपालन रोज्न शुरु गरेका छन् ।  यहाँका किसानले दैनिक कम्तिमा १५ लिटर दूध उत्पादन गर्न थालेका छन् । भनेको बेला विक्री नभएको दूध सहज रुपमा विक्री हुन थालेपछि किसानलाई राहत मिलेको स्थानीय राजेन्द्र थापाले जानकारी दिए । उद्योगले गाईको दूध प्रतिलिटर ३५ र भैँसीको ४५ रुपैयाँमा खरीद गरिरहेको छ । गाउँमै छुर्पी उद्योग सञ्चालनमा आएपछि दूधको खपत पनि बढेको किसानको भनाइ छ ।

सरकारी जागीर छाडेर गाईपालन

धनकुटा, भदौ १३। धनकुटाको महालक्ष्मी नगरपालिका–१ खाप्राङका धनबहादुर कटुवालको दिनचर्या अहिले फेरिएको छ । गाईपालन शुरू गर्नुअघि शिक्षण पेशामा रहेका उनी घरनजिकै रहेको गाईफार्ममा बिहानदेखि बेलुकासम्म व्यस्त रहन्छन् । २०५७ सालमा भूगोल विषयबाट स्नातक गरेका कटुवालले पढाइपछि तत्कालीन स्थानीय निकायमा सामाजिक परिचालक भएर काम गरेका थिए । उक्त काम थालेको ३ वर्षपछि सशस्त्र द्वन्द्वका कारण […]

शिक्षण पेशा छाडेर व्यावसायिक गाईपालन

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ खाप्राङका धनबहादुर कटुवालको दिनचर्या अहिले फेरिएको छ । गाईपालन शुरू गर्नुअघि शिक्षण पेशामा रहेका उनी घरनजिकै रहेको गाईफार्ममा बिहानदेखि बेलुकासम्म व्यस्त रहन्छन् । २०५७ सालमा भूगोल विषयबाट स्नातक गरेका कटुवालले पढाइपछि तत्कालीन स्थानीय निकायमा सामाजिक परिचालक भएर काम गरेका थिए । उक्त काम थालेको ३ वर्षपछि सशस्त्र द्वन्द्वका कारण कार्यक्रम नै बन्द भयो । त्यसको केही समयपछि स्थानीय खाप्राङ माविमा साढे ५ वर्ष शिक्षकको रूपमा सेवा गरेका उनले २०६९ सालदेखि व्यावसायिक रूपमा पशुपालन थालेका हुन् । सरकारी जागीर छाडेर गाईपालन गर्ने कमैमध्ये पर्छन् कटुवाल । महालक्ष्मी नगरपालिका–१ मा ‘पशु तथा कृषि फार्म’ नामबाट उनले व्यावसायिक गाईपालनलाई निरन्तरता दिँदै आएका छन् । ‘सरकारी जागीर खाँदा अरूको नियन्त्रणमा बस्नुपरेको थियो, अहिले स्वतन्त्र भएर काम गर्न पाएको छ, यसबाट आम्दानी त छ नै, आत्मसम्मान समेत मिलेको छ ।’ गाईपालनबाट आफूले मासिक १ लाख रुपैयाँ बराबर आम्दानी गर्दै आएको उनले सुनाए । गाउँमा रहेको जग्गा पनि बाँझो हुन थालेको र त्यही जग्गाको उपयोग गरेर केही गर्नुपर्छ भन्ने सोचले आफू यो पेशामा आएको उनले बताए । ‘हामीले कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउने हो भने यसबाटै स्वरोजगार उद्यमी बन्न सकिन्छ,’ उनले भने, ‘व्यावसायिक रूपमा पशुपालन नगरेकाले धेरै मानिस यसबाट आम्दानी नै भएन, घाटा भयो भन्छन् । यसले यो पेशामा आउन चाहनेहरूका लागि नकारात्मक सन्देश जान्छ  ।’ कुनै पनि पेशा आफैमा नराम्रो नहुने धारणा राख्ने उनी सुझबुझ र मेहनतपूर्वक निरन्तर रूपमा लागिपरेमा जुनसुकै व्यवसायबाट फाइदा लिन सकिने बताउँछन् । २०६९ सालमा ८ लाख रुपैयाँ लगानीमा गोरखाबाट गाई ल्याएर व्यवसाय शुरू गरेका कटुवालले हालसम्म ५० लाख लगानी भइसकेको बताए । अहिले उनको फार्ममा हाल १५ ओटा गाई छन् । उनले ७२ रोपनी जमीनमा घाँसखेती गरेका छन् । ‘व्यवसाय शुरू गर्नेबित्तिकै नाफा नदेखिए पनि अहिले नाफा नै छ,’ उनले भने, ‘दूधबाट मात्र होइन, बाच्छाबाच्छी बेचेर पनि आम्दानी भइरहेको छ ।’ यो व्यवसायबाट आफ्नो घरका दुई जनासहित अन्य दुईलाई रोजगारी दिन सकेको उनले बताए । कटुवाललाई यो पेशामा पत्नी यामकुमारी कटुवालले पनि साथ दिएकी छिन् । नजिकैको एक विद्यालयमा शिक्षिका रहेकी उनले आफूले बिहान बेलुकाको समयमा खोले, कुँडो, घाँस, गोबरको काममा साथ दिएको बताइन् । घरपरिवार मिलेर गरेको व्यवसाय बढाउने तयारी भइरहेको भन्दै उनले यसमा जनशक्तिको अभाव रहेको गुनासो गरिन् । पुरुषहरू रोजगारीका लागि विदेश पलायन हुनुभन्दा परिवारसँगै बसेर व्यवसाय गर्नु राम्रो हुने उनको अनुभव छ । यद्यपि गाईपालनमा लगानी अनुसार आम्दानी भने गर्न नसकेको कटवालको भनाइ छ । ‘दूधको बजार मूल्य स्थिर रहने तर, गाइलाई खुवाउने दानाको मूल्य बढिरहनु आम्दानीको मुख्य बाधक हो,’ उनले भने । पछिल्लो समय स्थानीय तहले नीतिहरू सहज बनाएर सहयोग गर्ने हो भने यो राम्रो आम्दानी लिन र व्यवसाय बढाएर धेरैलाई रोजगारी दिन सकिने उनले बताए । ‘हरेक पेशा व्यवसायको चुनौती त हुन्छ नै । गाईपालन व्यवसायमा पनि धेरै चुनौती छन्, तर यसो व्यवसाय नगरी बस्ने कुरा भएन,’ कटुवालले भने, ‘व्यवसायलाई व्यावसायिक बनाएर लैजान सके चुनौतीकै बीच उल्लेख्य आम्दानी गर्न सकिन्छ ।’ यो पेशालाई व्यावसायिक बनाउन एक–दुईओटा गाई पालेर नहुने भन्दै कटुवालले लागत र मेहनतको तुलनामा राम्रो फाइदा लिन कम्तीमा १० ओटासम्म पाल्नुपर्ने सुझाए । ‘गाईफार्म थालेपछि यसलाई दीर्घकालीन सञ्चालन गर्न घाँसको व्यवस्थापन पनि गर्नुपर्छ,’ उनले भने । गाईपालनबाट आफूले अहिले राम्रो आयआर्जन गर्न सकेको उनले बताए । ‘पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने सोच आम युवामा देखिन्छ,’ उनले भने, ‘तर आँट, आत्मविश्वास र मेहनतका साथ गर्न सके यहीँ पनि विदेशमा कमाइने बराबरको आम्दानी गर्न सकिन्छ,’ उनले भने । साथै आफ्नै गाउँठाउँमा गरेको व्यवसायबाट आत्मसन्तुष्टि समेत मिल्ने उनको अनुभव छ । गाईपालनलाई व्यावसायिक बनाउन कटुवालले फार्म वरिपरि घाँस लगाएका उनले आफुलाई पुग्ने तरकारीखेती समेत गरेका छन् । आम्दानीका लागि विदेश जानुपर्छ वा सरकारी जागीरका लागि दौडधुप गर्नुपर्छ भन्नेहरूका लागि समेत उनको काम प्रेरणादायी हुन सक्छ ।

आकर्षक जागिर छाडेर गाईपालन

भारतको नयाँ दिल्लीको सफ्टवेयर इन्जिनियरको आकर्षक जागिर छाडेर पर्सा पकहामैनपुर गाउँपालिका–१, धोरेका श्यामवदन यादव गाईपालन व्यवसायमा रमाउनुभएको छ । मासिक दुई लाख भारतीय रुपियाँको जागिर छाडेर आफ्नै गाउँघरमा व्यवसाय गर्ने गरी फर्कनुभएका यादवले पाँचवटा गाईबाट १५ वर्षअघि सुरु गर्नुभएको थियो । अहिले उहाँले ठोरी गाउँपालिका–५, सुवर्णपुरमा कलश क्याटल फार्मिङको नाममा १५० वटा गाईपालन गरिरहनुभएको छ ।

सहकारीमार्फत गाईपालन

स्याङ्का किसानले एक सहकारीमार्फत् गाईपालन सुरु गरेका छन् । भीरकोट नगरपालिका–१ वयरघारीमा सञ्चालित शुभलक्ष्मी बचत तथा ऋण सहकारीमार्फत स्थानीय कृषकले गाईपालन गरेका हुन् ।

कलाकारिता र राजनीतिसँगै गाईपालन

दाङको घोराही उपमहानगरपालिका–१८ मसिनाका गणेश वेलवासे कलाकारिता र राजनीतिसँगै अहिले व्यावसायिक गाईपालन सुरु गरेका छन् । गत वैशाखदेखि व्यावसायिक गाईपालनमा लागेका उनले कलाकारिता र राजनीतिलाई पनि सँगै अघि बढाएका छन् ।