काठमाडौँ : मिटरब्याज पीडितले सरकारी प्रतिबद्धतामा विश्वास नभएको भन्दै भोलिदेखि निर्णायक आन्दोलन गर्ने घोषणा गरेका छन्।मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति, नेपालले आइतवार वक्तव्य जारी गर्दै उक्त जानकारी दिएको हो। समितिका अध्यक्ष अवधेश कुशवाहाले यस्तो जानकारी दिएका हुन्।संघर्ष समितिले सरकारले गरेको प्रतिबद्धतामा आफूहरूलाई शंका उत्पन्न भएको बताएको छ। सरकारले पीडितसँग पटकपटक यस्तै प्रतिबद्धता गरे पनि काम नगरेको स्मरण गराउँदै उनीहरूले यस्तो आशंका उत्पन्न भएको उल्लेख गरेका छन्