एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई बाहिर राख्ने नियतका साथ स्थायी कमिटी बैठक र संसदीय दलको बैठक एकै दिन बोलाएका छन्। शुक्रवार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएका ओलीले दिउसो ३ बजेलाई संसदीय दलको बैठक बोलाएका छन्। शुक्रवार बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान ग्वार्कोमा बैठक बोलाइएको भए पनि नेपाल पक्ष सहभागी हुने नहुने अहिलेसम्म अन्योल रहेको छ।