पूर्व सभामुख सुवास नेम्वाङले संसदमा प्रतिपक्षी दलले उठाएको कुरा सरकारले बेवास्ता गरेको बताएका छन् । बिहीबार संसद भवन बानेश्वरमा पूर्व सांसद मञ्चले ६४ औं संसद सेवा दिवसका दिन गरेको कार्यक्रममा बोल्दै नेम्वाङले अर्थमन्त्रीले बजेट ल्याउने अघिल्लो दिन बाहिरी मान्छे अर्थमन्त्रालय लगेर करको दर परिवर्तन गरेको समाचार बाहिरिएपछि प्रतिपक्षी दलले सीसी टिभी हेर्न माग गरेको बताए ।अर्थमन्त्रीले संसदमा त्यस्तो भएको हैन भनेर छुट नपाउने बताउँदै सरकार आफैंले त्यो दिनको फुटेजमा यस्तो देखियो वा यस्तो देखिएन भनेर सा