काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष विपद् सामना गर्न पूर्वतयारी गरिरहेको बताएको छ।प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले यस वर्ष मनसुनको समयमा आइपर्ने विपद्हरू बाढी, पहिरोको घटनाको प्रतिकार्य गर्नका लागि प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्म छलफल शुरू गरेर तयारी थालेको बताएका छन्। कोभिड संक्रमण जोखिम शहरबाट गाउँ-गाउँसम्म पुगेको अवस्थामा उद्धारमा खट्ने जनशक्तिलाई संक्रमण हुनबाट कसरी बचाउने भन्न चुनौती रह