पोखराका स्वास्थ्यकर्मीले ३ महिनादेखि पाएनन् तलबभत्ता

पोखरा महानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तीन महिनायता तलबभत्ता पाएका छैनन् । माघको तलबभत्ता बुझे पनि त्यसयता नपाएको भन्दै स्वास्थ्यकर्मी महानगरमा तारन्तार धाइरहेका छन् । महानगरका ४८ स्वास्थ्य संस्थामा कार्यरत १ सय ९० स्थायी कर्मचारीले तलबभत्ता नपाएका हुन् ।