तनहुँ – ‘यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पर्थ्यो । त्यसरी नपकाए पुग्थेन’, व्यास नगरपालिका–८ कोटथोकका ६८ वर्षीय रामसिं गुरुङले विगत सम्झँदै भन्नुभयो, ‘तर अहिले ती सबै एकादेशको कथाजस्ता भए । सत्तरी घर रहेको गाउँ अहिले सातमा झर्यो । हेर्दा हेर्दै गाउँ रित्तियो ।’ भारतीय सेनाका पूर्वसैनिकको बाहुल्यता रहेको यस गाउँमा त्यस समयका ठूला र आकर्षक घर अहिले पहिरो र झाडीले पुरिँदा कहिलेकाहीँ मन भक्कानिने गुरुङले बताउनुभयो । उहाँका दुई छोरा चितवनको शारदानगरमा ...