इमेल प्रयोग गरेर ह्वाट्सएप लगइन कसरी गर्ने ?

काठमाडौं । लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्तालाई आफ्नो ह्वाट्सएप अकाउन्टमा इमेल ठेगाना पनि जोड्ने सुविधा प्रदान गरेको छ । यो फिचरले प्रयोगकर्ताले एसएमएसबाट ओटिपी भेरिफिकेसन कोड प्राप्त गर्न असमर्थ हुने अवस्थामा इमेलबाटै त्यस्तो कोड प्राप्त गर्न सहजता प्रदान गर्दछ । यो फिचर आइफोन प्रयोगकर्तालाई उपलब्ध भैसकेको छ भने एन्ड्रोइडमा चाहिँ पछिल्लो बेटा भर्सनमा उपलब्ध छ […]

सम्बन्धित सामग्री

अभियान टिप्स : ह्याकरबाट यसरी सुरक्षित राखौं मोबाइल फोन

काठमाडौं। प्रविधिको वर्तमान समयमा मोबाइल फोन नबोक्ने मानिस शायदै भेटिन्छन् । दैनिक जीवनमा अनिवार्यजस्तै बनेको मोबाइल फोनको साथ यस्तो बनेको छ कि योविना एकछिन बस्न पनि गाह्रो हुन्छ । तर फोनको सुरक्षाको विषयमा भने हामीले कमै मात्र ध्यान दिएका हुन्छौं ।  हामीले प्रयोग गर्ने मोबाइल असुरक्षित हुन सक्छ, जसले हाम्रा महत्त्वपूर्ण सूचना अन्य व्यक्ति वा ह्याकरको पहुँचमा समेत पुर्‍याइरहेको हुन सक्छ । मोबाइल चलाउँदा, एप्लिकेसन डाउनलोड गर्ने बेला होश नपुर्‍याउँदा वा लापरबाही गर्दा ठूलो दु:ख मात्रै नभई क्षतिसमेत बेहोर्नुपर्ने हुन सक्छ । यसकारण फोनलाई सधैं सुरक्षित राख्न जरुरी छ । निम्न उपायबाट हुन सक्छ फोनको सुरक्षा  गूगल प्लेस्टोर वा एपस्टोर (अफिसियल, रिपुटेड एप स्टोर)बाट रेटिङ तथा रिभ्यूको आधारमा मात्रै एप डाउनलोड गरी इन्स्टल गर्नुपर्छ ।  एप इन्स्टल गर्दा एपले क्यामेरा एक्सेस/लोकेसन ट्र्याकिङ/ कन्ट्र्याक्ट/भिडियो/अडियो/फाइलमा पहुँचको अनुमति माग गरेमा डिनाइ टुल्स क्लिक गर्नु राम्रो हुन्छ ।  कुनै पनि एप इन्स्टल गर्नुभन्दा अगाडि सो एपसँग सम्बन्धित प्राइभेसी पोलिसी अनिवार्य पढ्नुपर्छ । एपले मोबाइलको कुन कुन डेटामा पहुँच माग्छ र एपमार्फत तेस्रो पक्षहरूसम्म पुग्ने व्यक्तिगत विवरण सम्बन्धमा जानकारी राख्नुहोस् । साधारण मोबाइलमा बलियो पासवर्ड तथा स्मार्टफोन भए डिजिटल औंठाछाप जस्ता बायोमेट्रिक लगइन प्रयोग गर्नुपर्छ । पासवर्ड समय समयमा परिवर्तन गर्नुहोस् । स्मार्टफोनलाई जेलब्रेकर रूटबाट प्रयोग गर्नु हुँदैन । भेटिएको स्मार्टफोनको प्रयोग कहिल्यै नगर्नुहोस् । प्रयोग नभएको बेला मोबाइल फोन लक गरेर राख्नुहोस् । साथै अटोलक हुने गरी फोनको सेटिङमा कन्फिगर गर्नुहोस् ।  मोबाइल फोनको सफ्टवेयर (अपरेटिङ सिस्टम/एप्लिकेसन)लाई नियमित रूपमा अपडेट तथा मोबाइल फोनको सुरक्षाका लागि सधैं प्रमाणित फायरवाल/एन्टीभाइरस र मोबाइल सेक्युरिटी सोलुसन प्रयोग गर्नुहोस् ।  प्रयोग नहुने बेला मोबाइल फोनको वाइफाइ, ब्लुटुथ, मोबाइल डेटा आदि बन्द गरेर राखौं । अरूले आफ्नो मोबाइल फोन प्रयोग गर्न नसक्ने गरी, मोबाइल ट्र्याकिङ हुन सक्ने गरी सेटिङ गरौं । मोबाइलमार्फत डिजिटल कारोबार गर्दा असुरक्षित हुने नि:शुल्क सार्वजनिक वाइफाइ/हटस्पटको प्रयोग नगरौं । मोबाइल ह्याण्डसेटमा हुने महत्त्वपूर्ण/संवेदनशील डेटाको ब्याकअप राखौं ।  मल्टी–फ्याक्टर अथेन्टिकेसन, जस्तै टू फ्याक्टर अथेन्टिकेसन (मोबाइल नम्बर, ओटीपी, फिङ्गर प्रिन्ट इत्यादि)को प्रयोग गर्नुहोस् । अपरिचित मोबाइल नम्बर, इमेल, ह्वाट्सएप, भाइबर, म्यासेन्जर आदिबाट आएको सन्देश, फोन कल लगायतको रिप्लाई/रेस्पोन्स नगर्नुहोस् ।  फ्री वेयर, पाइरेटेड सफ्टवेयर, गेम, फ्री म्युजिक, भिडियो, अश्लील सामग्री उपलब्ध हुने जस्ता असुरक्षित वेबसाइट प्रयोग गर्नुहुँदैन । पपअप लिकंमा जथाभावी क्लिक नगर्नुहोस् । मोबाइल फोनलाई सजिलै अरूको पहुँच पुग्नेगरी नछाड्नुहोस् ।

अब ह्वाट्सएप अकाउन्टमा इमेल जोड्न सकिने

लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले एक नयाँ अपडेट जारी गर्दैछ । योसँगै प्रयोगकर्ताले आफ्नो ह्वाट्सएप अकाउन्टबाट इमेल आइडीलाई लिंक गर्न सक्नेछन् । यो ह्वाट्सएपको सेक्योरिटीकै एक हिस्साको रुपमा रहनेछ । एकपटक लिंक भैसकेपछि तपाईंले आफ्नो इमेल आइडीबाटै ह्वाट्सएपमा लगइन गर्न सक्नुहुनेछ । यो फिचरसँगै प्रयोगकर्ताले आफ्नो ह्वाट्सएप अकाउन्टमा एउटा थप सुरक्षाको तह प्राप्त गर्नेछन् । ह्वाट्सएपमा […]

सक्रिय बनाइयो हेलो सरकार

यसअघि नेपाल टेलिकम मात्र रहेकामा अब ११११ मा एनसेलबाट पनि गुनासो टिपाउन सकिने  तीन उपसचिवसहित २५ जना कर्मचारी व्यवस्थापन  फोन, इमेल, फेसबुक, ट्विटर, पोर्टल, भाइबर, ह्वाट्सएप लगायतका डिजिटल माध्यमबाट समेत गुनासो टिपाउन सकिने तत्काल समस्या...

एनसेलबाट हेलो सरकारमा नि:शुल्क कल

काठमाडौं। हेलो सरकारमा अब एनसेलका नम्बरबाट समेत नि:शुल्क कल गरेर गुनासो टिपाउन सकिने भएको छ । हेलो सरकारले सूचना जारी गर्दै उक्त जानकारी गराएको हो । यसअघि एनसेलका नम्बरबाट कल गर्दा नलाग्ने समस्या पूर्णरूपमा समाधान भएको हेलो सरकारले जानकारी गराएको छ । अब नेपाल टेलिकम र एनसेल दुवै मोबाइल सेवाप्रदायकका प्रयोगकर्ताले हेलो सरकारको टोल फ्रि नम्बर ११११ मा गुनासो सुनाउन सक्ने भएका छन् । त्यस्तै ट्वीटर, ह्वाट्सएप, भाइबर, इमेल लगायतका माध्यमबाट पनि गुनासो टिपाउन सकिनेछ । नागरिकको गुनासो सुन्न यस सेवालाई सरकारले चौबिसै घण्टा सञ्चालन गर्दै आएको छ ।

तपाइँको फेसबुक, ह्वाट्सएप र जिमेल अरुले चलाइरहेको त छैन ? यसरी थाहा पाउनुहोस्

सोसल मिडिया साइट फेसबुक, मेसेजिङ एप ह्वाट्सएप तथा इमेल सर्भिस जिमेल आ आफ्नो क्षेत्रका सबैभन्दा लोकपि्रय प्लाटर्फमहरु हुन् । दैनिक करोडौँ मानिसहरुले फेसबुक, ह्वाट्सएप तथा जिमेल प्रयोग गर्दछन् । त्यसैले यी प्लाटर्फममा प्रयोगकर्ताको गोपनियताको सुरक्षाका लागि विभिन्न फिचरहरु राखिएको हुन्छ । आफ्ना यी इन्टरनेट अकाउन्टहरु निकै व्यक्तिगत हुने हुनाले अरु कसैले चलाओस् भन्ने चाहना कसैको […]

तपाईंले पठाएको इमेल पढियो कि पढिएन ? यसरी पत्ता लगाउनुहोस्

अहिलेको समयमा सबैजसो मानिसहरू आफ्नो कामसँग सम्बन्धित सवाल जवाफका लागि आधिकारिक रुपमा इमेलका प्रयोग गर्दछन् । ह्वाट्सएप जस्ता मेसेजिङ प्लाटर्फमबाट कसैलाई पठाएको सन्देश सम्बन्धित व्यक्तिले देख्यो/पढ्यो कि छैन ? भनेर सजिलै थाहा पाउन सकिन्छ । तर तपाईंले कुनै व्यक्तिलाई पठाएको इमेल सम्बन्धित व्यक्तिले खोलेर पढ्यो कि पढेन भनेर कसरी थाहा पाउने ? कहिलेकाहीँ आफूले मेसेज […]

सिद्धार्थ बैंकबाट वान लिंक पेमेन्ट सर्भिस सुरू

नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको वान लिंक नामक पेमेन्ट सर्भिस पहिलो पटक सिद्धार्थ बैंक लिमिटेडबाट सुचारु भएको छ ।यो सेवा सुचारु भएसँगै अब ग्राहकहरुले विना कुनै मेजर इन्टिग्रेसन एउटा लिंकबाटै पैसा तिर्न तथा पाउन सक्नेछन् ।कम्पनीका अनुसार सानादेखि ठूला व्यापारी लगायत बिजनेस तथा कर्पोरेट हाउसहरुले वान लिंकबाट ग्राहकलाई एसएमएस अथवा इमेल, ह्वाट्सएप, भाइबरलगायतको उपयोग गरी पेमेन्ट […]