एनसेलबाट हेलो सरकारमा नि:शुल्क कल

काठमाडौं। हेलो सरकारमा अब एनसेलका नम्बरबाट समेत नि:शुल्क कल गरेर गुनासो टिपाउन सकिने भएको छ । हेलो सरकारले सूचना जारी गर्दै उक्त जानकारी गराएको हो । यसअघि एनसेलका नम्बरबाट कल गर्दा नलाग्ने समस्या पूर्णरूपमा समाधान भएको हेलो सरकारले जानकारी गराएको छ । अब नेपाल टेलिकम र एनसेल दुवै मोबाइल सेवाप्रदायकका प्रयोगकर्ताले हेलो सरकारको टोल फ्रि नम्बर ११११ मा गुनासो सुनाउन सक्ने भएका छन् । त्यस्तै ट्वीटर, ह्वाट्सएप, भाइबर, इमेल लगायतका माध्यमबाट पनि गुनासो टिपाउन सकिनेछ । नागरिकको गुनासो सुन्न यस सेवालाई सरकारले चौबिसै घण्टा सञ्चालन गर्दै आएको छ ।