राज्य सञ्चालनका निम्ति कानुन निर्माण र राज्य शक्ति सन्तुलन गर्ने प्रमुख अंग संसद् १ सय ६३ दिनयता अवरोधको सिकार बनिरहेको छ । सिंगो एक अधिवेशन नाराबाजीमा बित्यो । फेरि चालु अधिवेशन पनि त्यसरी नै बित्दैछ । अर्थात् प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरू संसदीय अभ्यासमा होइन कि संसद् अवरोध गर्ने कर्ममा व्यस्त छन् । अनि यस्तो विसंगत दृश्य तो…