काठमाण्डाै – सरकारले दुई वटा क्रिकेट रङ्गशाला निर्माण गर्न समन्वय गर्ने भएको छ । आज मङ्गलवार सरकारकाे आउँदाे वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्ताे बताउनुभएकाे हाे ।
आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा कैलालीको फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन सुरु गर्ने र चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम पूरा गर्न समन्वय र सहजीकरण गरिने उल्लेख छ ।
हरेक प्रदेशमा कम्तीमा प्रशिक्षण सुविधासहितको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाइन...