सार्वजनिक सेवा प्रवाहमा प्रविधिको प्रयोग

सार्वजनिक सेवा जनताको रुचि र आवश्यकताअनुसार जनतालाई प्रदान गरिने सेवा–सुविधा हो । राज्य अथवा कुनै पनि निकायद्वारा सार्वजनिक हित वा सामुदायिक रुचिका अनुसार प्रदान गरिएको सेवा वा सुविधा सार्वजनिक सेवाअन्तर्गत पर्छ । व्यवस्थित र सुगम सार्वजनिक सेवा प्रवाह जवाफदेही सरकारको द्योतक हो र सरकारको क्षमता र सफलता सार्वजनिक सेवा गुणस्तरले मापन गरिन्छ । यसर्थ सार्वजनिक सेवा प्रवाहलाई अझ धेरै व्यवस्थित बनाउन राज्य र सरोकारवाला सबैले आवश्यक पहल गर्नुपर्ने हुन्छ ।

सम्बन्धित सामग्री

सेवा प्रवाहमा सूचना प्रविधि : विषयगत प्रश्नोत्तर

सेवा प्रवाहमा सूचना प्रविधि १. नेपालको सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगबाट हासिल भएका महत्वपूर्ण उपलब्धि उदाहरणसहित प्रस्तुत गर्दै सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउन देखा परेका चुनौतीहरू पहिचान गर्नुहोस् ।  सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग भन्नाले सरकारी

डिजिटल अर्थतन्त्र निर्माणमा सार्वजनिक सेवामा सुधार आवश्यक

काठमाडौं । डिजिटल अर्थतन्त्र निर्माणका लागि सार्वजनिक सेवामा व्यापक सुधार गर्नुपर्ने सरोकारवालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमवार आयोजना गरेको ‘सार्वजनिक सेवामा डिजिटल अर्थतन्त्रको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले सार्वजनिक सेवा सहज गराउन प्रविधिको प्रयोग बढाउनुपर्ने बताएका हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्तले ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ अनुसार काम भइरहेको बताए । डिजिटल नेपाल फ्रेमवर्कअनुसार सरकारले इन्टरनेटलाई अत्यावश्यक सेवाको रूपमा राखेको उनको भनाइ छ । उनले भने, ‘यहीअनुसार फाइभ–जी नेटवर्क विस्तारमा माघ २२ गतेदेखि परिक्षण भइरहेको र अप्टिकल फाइबर विस्तार ३ चरणमा भइरहेको छ ।’ यस्तै, कार्यक्रममा प्रविधि क्षेत्रमा विश्व, नेपालको अवस्था नेपाल दूरसञ्चार प्राधिकरणको जिम्मेवारीको विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक विनोदचन्द्र श्रेष्ठले नेपालको प्रविधि क्षेत्रमा ५२ हजार १४९ आबद्ध रहेको बताए । उपनिर्देशक श्रेष्ठले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा प्रविधि क्षेत्रको ३ दशमलव ७१ प्रतिशत अर्थात् ८४ अर्ब रुपैयाँको योगदान रहेको जानकारी दिए । प्राधिकरणका अनुसार ७३३ ओटा स्थानीय तहमा इन्टरनेट पुगेको छ र ५ ओटा कम्पनीले लाइसेन्स लिए पनि ३ ओटाले सेवा दिइरहेका छन् ।