जी–७ का विदेशमन्त्रीहरूले उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा ‘कडा निन्दा’ गरेको जापानले बुधबार बताएको छ । जापानको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “उत्तर कोरियाको लगातारको ब्यालेस्टिक मिसाइल प्रक्षेपणका साथै रुसलाई हतियार हस्तान्तरणप्रति जी–७ का विदेशमन्त्रीहरूले कडा निन्दा गर्नुभएको छ, यसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रासङ्गिक प्रस्तावहरूको उल्लङ्घन गरेको छ ।” युक्रेनसँगको युद्धमा प्रयोग …