दाङ – लमही नगरपालिका– ४ अर्नहवा निवासी लालबहादुर कुमाललाई कुनै समय मादल बनाउन थाल्दा फुर्सद निकाल्न मुस्किल पर्थ्याे। चार/पाँच घरमा मादल बनाउने काम चल्थ्यो। बिहानदेखि साँझसम्म मादलको आवाजले गाउँ गुञ्जायमान हुन्थ्यो। तर अचेल गाउँमा मादल बनाउने घर घटेका छन्। मादल बनाउन आउनेको संख्या पनि घट्दै गएपछि मादल बनाएर गुजारा चलाउनेहरु अन्य पेशामा आवद्ध भएका छन्। […]