काठमाडौं : नेकपा एमाले प्रवेश गरेका माओवादी केन्द्रका चार सांसदलाई पदमुक्त गरिने भएको छ। चारै जना प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्का सदस्य हुन्। माओवादी केन्द्रले सबै मन्त्रीलाई फिर्ता बोलाए पनि उनीहरुले अटेरी गरेर प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए।
आज बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कैलाली-४ बाट निर्वाचित लेखराज भट्ट, अर्घाखाँचीबाट…