मानवअधिकार तथा सामाजिक अभियान नेपालले नेकपाको प्रचण्ड-नेपाल पक्षले गरेको आम हड्तालका क्रममा सरकारी पक्षबाट भएको धरपकडको विरोध गरेको छ । अभियानले बिहीबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत नेता तथा कार्यकर्ताहरु चोकचोकमा शान्तिपूर्ण रुपमा नारा जुलुस गरी बसेको अवस्थामा सरकारले धरपकड गरी झडपको अवस्था सिर्जना गरेको पाइएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।
‘नेपालको संविधानले सभा जुलुस गर्न र शान्तिपूर्ण रुपमा सभा सम्मेलन गर्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर शान्तिपूर्ण जुलुसलाई सरकारले गिरफ्तार गरी अवस्थालाई...