चिनी उद्योगीले आफूहरूसँग रहेको स्टक चिनी विक्री नभए आगामी सिजनमा किसानको उखु किन्न नसक्ने चेतावनी दिएका छन् । उनीहरूले सरकारले नै चिनी किनेमात्र भुक्तानीको समस्या सुल्झिने भन्दै जथाभावी चिनी आयातले मुलुकको अर्थतन्त्रमा भयावह समस्या ल्याएको दाबी गरेका छन् ।