अफगानिस्तानबाट अन्तिम अमेरिकी सैनिक निस्केपछि अमेरिकाका राष्ट्रपति जो बाइडनले राष्ट्रको नाममा सम्बोधन गर्दै देशको इतिहासको सबभन्दा लामो युद्ध सकिएको घोषणा गरेका छन् ।
काबुल विमानस्थल आक्रमणका कारण आफ्ना सबै सैनिक तथा नागरिकलाई जीवितै सुरक्षित रूपमा अफगानिस्तानबाट बाहिर निकाल्न विफल भएपछि कठोर आलोचना झेलिरहेका बाइडनले ती आलोचनालाई पन्छाउँदै चिरकालीन युद्धमा अमेरिका अल्झेर बस्न नमिल्ने कुरा दोहोर्याएका छन् ।
महत्त्वपूर्ण रूपमा बाइडनले अमेरिका असंख्य विदेशी युद्धमा अबदेखि नहोमिने र सत्तापरिवर्तनको खेलमा नलाग्ने...