थापाथलीमा रहेको प्रसूति तथा स्त्री रोग अस्पतालमा 'ह्युमन मिल्क बैंक' सुरु

काठमाण्डाै – काठमाण्डौको थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नेपालमै पहिलाे पटक 'ह्युमन मिल्क बैंक' सञ्चालनमा आएको छ । अस्पतालको ६३ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज शुक्रवरा ह्युमन मिल्क बैंकको उद्घाटन गर्नुभएको हो । यो बैंकले समय नपुगी जन्मिएका, कम तौल भएका र अरू जोखिममा रहेका शिशुहरूलाई अरू आमाहरूको दूध उपलब्ध गराउँछ । अस्पतालमा रहेको ह्युमन मिल्क बैंकमा सुत्केरी आमाबाट सुरक्षित रूपमा दान गरिएको दूध सङ्कलन, प्रशोधन, परीक्षण र भण्डारण गरी समय न...

सम्बन्धित सामग्री

‘ह्युमन मिल्क बैंक’ मा दैनिक २५ सय मिलिसम्म दूध संकलन

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा रहेको ह्युमन मिल्क बैंकमा आमाको दूध संकलन हुन थालेपछि फर्मुला मिल्कको प्रयोग घट्न थालेको छ । अस्पतालमा वार्षिक २२ देखि २४ हजार डेलिभरी हुने गर्दछ ।अस्पतालमा मासिक २ हजार डेलिभरी हुने गरेकोमा ३५ प्रतिशत शल्यक्रियाबाट बच्चा जन्मिने गरेका छन् ।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल ६४ वर्षमा, ह्युमन मिल्क बैंक सुरु

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आफ्नो ६४ औँ वार्षिकोत्सवको अवसरमा ‘ह्युमन मिल्क बैंक’ अर्थात ‘अमृत कोष’ सञ्चालनमा ल्याएको छ । शुक्रबार एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मिल्क बैंकको उद्घाटन गरेकी हुन् ।