काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना एमसिसी राष्टिय स्वाधीनताविपरीत भएको दाबी गरेका छन्। एमाले संसदीय दलको बैठकमा एमसिसी सम्झौताबारे दलमा गम्भीर छलफलको माग गरी अध्यक्ष केपी शर्मा ओलीसमक्ष लिखित रूपमा पेश गरेर एमसिसीबारे स्पष्ट धारणा माग गरेका हुन्। नेता रावलले अध्यक्ष ओलीलाई पेश गरेको पत्रमा भनिएको छ, ‘एमसिसीको एक दर्जन सम्झौता एवं कार्ययोजनाका प्रावधानहरू नेपालको सार्वभौम, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान, हित तथा नेपालको संविधान र कानुनविपर