पहिरोले विस्थापित भएका ऐरावती गाउँपालिका–४ तिग्रापातलका पोमबहादुर मगर अहिले पनि अस्थायी टहरोमा छन् । गएको असोज १९ मा अविरल वर्षाका कारण पहिरोले बस्ती बगाउने जोखिम बढेपछि गाउँबाट विस्थापित भएको उनले सुनाए । ‘गाउँपालिकाले बस्ती स्थानान्तरणका लागि सिफारिस गरेको सुनेका छौं,’ उनले भने, ‘बस्ती स्थानान्तरण गर्ने वा गाउँमै पुनःस्थापित गर्नेबारे छिटो निर्णय भए यो जाडोमा कठ्यांग्रिनबाट बच्न सक्थ्यौं कि ।’
धनगढी : कैलालीको चुरे गाउँपालिकाले दुई सय ११ पहिरोपीडित परिवारलाई पाँच महिनादेखि व्यवस्थापन गर्न नसक्दा टाउको दुखाईको विषय बनेको छ। गत साउन १५ देखि २५ गतेसम्मको अविरल वर्षाका कारण पहिरो लागेपछि कैलालीको चुरे गाउँपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ६ सम्मका दुई सय ११ परिवार घरबार विहीन भएका थिए। पहिर…