बर्दिया राष्ट्रिय निकुञ्जमा २६ औँ वन्यजन्तु सप्ताह सुरु

बर्दिया : बर्दिया निकुञ्जमा २६ औँ वन्यजन्तु सप्ताह आजबाट सुरु भएको छ।समन्वय, सहकार्य र सहअस्तित्व भन्ने नारासहित यस वर्ष वन्यजन्तु सप्ताह मनाउन लागिएको बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत असीम कुमार थापाले जानकारी दिए।वैशाख ७ गतेसम्म १ हप्ताको अवधिमा विभिन्न कार्यक्रम सञ्चालन गरिने तयारी छ। आज एक कार्यक्रमबीच सप्ताहको उद्घाटन गरिएको हो। कार्यक्रममा एनटिएनसी, नागा, सिबिएपीयु, सेन्स नेपाल, महिला वातावरण उपसमितिलगायत संघसंस्थाको उपस्थिति थियो।भोलि(बिहीबार) चराहहरूको

सम्बन्धित सामग्री

बाघको दिगो संरक्षण नै प्रमुख चुनौतीः महानिर्देशक ढकाल

बर्दिया । राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक डा. महेश्वर ढकालले बाघको दिगो संरक्षण गर्नु नै प्रमुख चुनौती भएकाे बताउनुभएकाे छ । बर्दिया राष्ट्रिय निकुञ्जको आयोजनामा शनिबारदेखि बर्दियामा सुरु भएको ३ दिने बाघ सम्बन्धी राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । बाघबाट समृद्धि हासिल गरी स्थानीय समुदायको संरक्षण र जीवनस्तर कसरी माथि उठाउने भन्ने विषय […]

मंसिर १९ गतेदेखि सुरु गरेको बाघ गणनाको काम सकियो

चितवन, ४ फागुन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मंसिर १९ गतेदेखि सुरु गरेको बाघ गणनाको काम सकिएको छ । गणनाको सुरुवात चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट भएको थियो । देशका बाघ पाइने निकुञ्ज, आरक्षण तथा राष्ट्रिय वन क्षेत्रहरुमा बाघको गणना जारी छ । चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज तथा […]

बर्दिया–बाँके कम्प्लेक्समा आजदेखि बाघ गणना सुरु

काठमाण्डाै – बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया–बाँके कम्प्लेक्समा आजदेखि क्यामेरा ट्र्यापिङ्ग प्रविधिबाट बाघ गणना सुरु हुने भएको छ । बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बाघ गणनामा खटिनेका लागि दुई दिनको विशेष तालिम दिइसकिएको जानकारी दिनुभयो । राष्ट्रिय बाघ सर्वेक्षण अभियान अन्तर्गत देशैभरिका निकुञ्ज तथा आसपासका क्षेत्रमा रहेका बाघको यकिन संख्या पत्ता लगाउने उद्देश्यले बाघ गणना सुरु भएको छ । गएको १९ गतेदेखि चितवन–पर्सा कम्प्लेक्समा बाघ गणना सुरु भइसकेको र त्यहा...

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

काठमाडौँ – बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा आज बाघ गणना सुरु हुँदैछ । बाघ गणनाका लागि बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया–बाँके कम्प्लेक्समा चार वटा ब्लक विभाजन गरी सात सय २२ ग्रिडमा क्यामरा राखिने र प्राविधिकसहित ९८ जना जनशक्ति खटिने बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, […]

बर्दिया–बाँके कम्प्लेक्समा बुधवारदेखि बाघ गणना सुरु हुँदै

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया–बाँके कम्प्लेक्समा भोलि बुधवारदेखि क्यामेरा ट्र्यापिङ प्रविधिबाट बाघ गणना सुरु हुने भएको छ । भोलिदेखि बर्दियाबाट बाघ गणना सुरु गरिने बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । मङ्सिर २९ गतेदेखि क्यामेरा ट्र्यापिङ प्रविधिबाट बर्दिया–बाँके कम्प्लेक्समा बाघ गणना सुरु गर्ने तयारीका साथ गणनामा खटिनेहरूका लागि दुई दिनको विशेष तालिम दिइसकिएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयाे । बर्दिया ...

पर्यटकका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज असोज १ गतेबाट खुल्ने

कोरोना महामारीको दोस्रो लहर तीव्र रुपमा सुरु भएसँगै गत वैशाख दोस्रो सातादेखि पर्यटकका लागि बन्द गरिएको बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज असोज एक गतेबाट खुल्ने भएका छन् । सरकारले निर्धारण गरेको सबै स्वास्थ्य मापदण्ड अपनाएर असोज १ गतेबाट पर्यटकलाई दुबै निकुञ्ज अवलोकनका लागि प्रवेशको व्यवस्था गरिएको निकुञ्ज व्यवस्थापनले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार साहले स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटकका लागि निकुञ्ज खुला गरिएको बताउनुभयो । उहाँले बाँकेमा पर्यटकको चाप नहुने हुँदा सूचना नै निकालेर बन्द र खुला नगरिए पनि अहिले कोभिडको जोखिम घट्दै गएकोले पर्यटक आउन थालेको बताउनुभयो ।

विद्युत् लाइन विस्तार धमाधम

कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइन विस्तारले तीव्रता लिएको छ। २०७७ असारदेखि सुरु भएको आयोजनाले हालसम्म सुर्खेत क्षेत्रमा ३० र कोहलपुर सबस्टेसनदेखि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको चिसापानीसम्म १५ वटा हाइटेन्सन लाइनको टावर निर्माण सम्पन्न गरेको छ। बाँकी क्षेत्रमा टावरका लागि फाउन्डेसन निर्माण र रुख कटानको काम धमाधम भइरहेको आयोजनाले जनाएको छ। यही रफ्तारमा कुनै अवरोधबिना काम अघि बढे आगामी वर्षसम्म आयोजना सम्पन्न हुने आयोजनाका प्रमुख रविकुमार चौधरीले बताउनुभयो। प्रसारण लाइन विस्तारका लागि कोहलपुरदेखि सुर्खेतसम्म १६२ वटा टावर निर्माण गर्नुपर्छ। यसका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै ७४ वटा टावरका लागि करिब ४३ हेक्टर जमिन आवश्यक पर्छ। प्राधिकरणका अनुसार प्रसारण लाइन विस्तार गर्दा १३ हजार ५४ वटा रुख कटान हुनेछन्।

कोहलपुर-सुर्खेत विद्युत प्रसारण लाइन विस्तार

कोहलपुर-सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइन विस्तारले तीव्रता लिएको छ । आर्थिक वर्ष २०७७ असारदेखि सुरु भएको आयोजनाले हालसम्म सुर्खेत क्षेत्रमा ३० र कोहलपुर सब-स्टेशनदेखि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको चिसापानीसम्म १५ वटा हाइटेन्सन लाइनको टावर निर्माण सम्पन्न गरेको छ ।