काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बुधवार विक्री प्रबन्धकको कार्यालय प्रभु क्यापिटल, कमलादीमा आईपीओ बाँडफाँट भएको हो ।
कम्पनीको आईपीओका लागि आवेदन दिनेमध्ये १ लाख ३३ हजार ७३० जनाले १० कित्ताका दरले शेयर पाएका छन् । तीमध्ये दुई जनाले थप १/१ कित्ता शेयर पाएका छन् ।
कम्पनीको आईपीओका लागि १२ लाख ८१ हजार ४०२ जना योग्य आवेदकले १ करोड ३८ लाख ३३ हजार ११० कित्ताका लागि आवेदन दिएका थिए ।
कम्पनीले चैत १९ गतेदेखि २२ गतेसम्म १३ लाख ३७ हजार ३०२ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।
कम्पनीको दोलखा जिल्लामा ६ दशमलव ४ मेगावाटको सुरिखोला जलविद्युत आयोजना र ७ मेगावाटको माथिल्लो सुरिखोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।