फलाममा आत्मनिर्भर बन्दै नेपाल- प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले फलाम र स्टिलको कच्चा पदार्थको लागि बाहिर जानु नपर्ने बताएका छन्। "सरकारले यतिबेला नेपालमै फलाम खानीको अन्वेषण गर्दै छ। उक्त अन्वेषण सफलताको नजिक पुगेको र उत्पादन सुरु भएपछि कच्चा पदार्थ ल्याउन विदेश जानु पर्दैन," प्रधानमन्त्री ओलीले आज पुनर्निर्मित धरहराको उद्घाटन गर्दै यस्तो बताएका हुन्। सरकारले पूर्वी नवलपरासीको धौवादीमा फलाम खानीको अन्वेषण गरिरहेको छ।