काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले गरेको आन्दोलन जारी छ। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बार एसोसिएसनले निरन्तर आन्दोलन गरिरहेको हो।बिहीबार सर्वोच्च अदालत प्रांगणमा विरोधको कार्यक्रम गर्न पुगेको बारका पदाधिकारीलगायत अधिवक्ताहरूलाई प्रहरीले बल प्रयोग गरी सर्वोच्च प्राङ्गणबाट बाहिर निकालेको छ। माइक राखेर कार्यक्रम गर्न खोज्दा प्रहरीले माइक हटाइ अधिवक्ताहरूलाई सर्वोच्च अदालतको प्राङ्गणमा बाहिर निकालेको हो। प्रधानन्यायाधीशविरुद्धक