स्थानीय तह निर्वाचनको तयारी

सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँचवर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ । स्थानीय तहको निर्वाचनलाई लिएर आयोगले आन्तरिक तयारी सुरु गरिसकेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकार दृढ रहेको बताउनुभयो । उहाँले भन्नुुभयो, “स्थानीय तह पुनः पदाधिकारीविहीन त हुने होइन भन्ने सवालमा सरकार सचेत रहेको र लोकतन्त्र तथा लोकतान्त्रिक सङ्घसंस्थालाई जीवन्त राखेर जनतालाई सेवासुविधा प्रभावकारी रूपमा उपलब्ध गराउन प्रतिबद्ध छौँ ।” निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा

सम्बन्धित सामग्री

मंसिर १० गते भित्र प्रदेश र संघको निर्वाचन सक्ने आयोगको तयारी

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मंसिर १० गतेभित्र प्रदेश र संघीय संसद्को निर्वाचन सक्ने गरी आयोगको तयारी गरिरहेको जानकारी दिएका छन् । महिला तथा सामाजिक समितिको बैठकमा उनले आयोगले निर्वाचनको तयारी गरिरहेको जानकारी दिँदै सांसदहरुलाई कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारी दर्ता हुने गरी भूमिका खेल्न आग्रह गरे । स्थानीय तह निर्वाचन ऐनले प्रमुख […]

भरतपुरको निर्वाचनको तयारी पूरा, मतगणनाका उद्योग संघमा हुने

सूचना अधिकारी पौड्यालले स्थानीय तह निर्वाचन २०७९ को लागि भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी व्यवस्थापन र मतपत्र व्यवस्थापन लगायतका कर्मचारी खटाउने, नियुक्ति दिएर सम्बन्धित मतदान केन्द्रमा पठाउने कार्यहरु सम्पन्न गरेको बताउनुभयो ।

प्रधानमन्त्री पत्नी आरजु र प्रचण्डपुत्री गंगालाई पनि सोध्यो आयोगले स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगले बिहिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा स्थानीय तह निर्वाचनको तयारी पूरा भएको जानकारी गराएको हो। भोलि देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन हुन गइरहेको छ। स्थानीय तह निर्वाचन अन्तर्गत मंगलबार रातिदेखि मौन अवधि चलिरहेको छ। निर्वाचन हुनभन्दा ४८ घण्टा अघिदेखि मौन […]

कसरी हाल्ने मत? कुन कुन अवस्थामा मत बदर हुन्छ ?

काठमाडौं : वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ। देशभरका स्थानीय तहमा एकसाथ हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। बुधवारबाट मौन अवधि लागू हुँदा मतदाता शिक्षालाई तीव्रता दिइएको छ। आज र भोलि निर्वाचन आयोगले मतदातालाई मत हाल्न सिकाउँदैछ। ठुला मतपत्र, गठबन्धन भएपछि सबैको चुनाव चिह्न हुनु र मतदाता शिक्षा…

स्थानीय तह निर्वाचन शान्तिपूर्ण हुन्छ : सुरक्षा संयन्त्र

काठमाडाैं : आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने सुरक्षा निकायहरुले प्रतिवद्धता गरेका छन्।बिहीवार सिंहदरबार स्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सबै सुरक्षा निकाय, गृह मन्त्रालय र रक्षा मन्त्रालयका प्रमुख तथा प्रतिनिधिले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।बैठकमा निर्वाचनको तयारी र

निर्वाचन अभियान समीक्षा गर्न कांग्रेसले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँः स्थानीय तह निर्वाचन अभियानको समीक्षा गर्न नेपाली कांग्रेसले केन्द्रीय कमिटी बैठक बोलाएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार चैत ११ गते दिउँसो २ बजे बैठक बोलाइएको छ।   कांग्रेसले हालै सञ्चालन गरेको स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षाका लागि बैठक बोलाएको हो। बैठकमा संसदीय…

मतदाता नामावलीमा दाबी विरोध आजदेखि

काठमाडौं, फागुन २०। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा आजदेखि दाबी विरोध आह्वान गरेको छ । नामावली अद्यावधिक कार्यक्रमअन्र्तगत दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेको छ । आयोगले स्थानीय निर्वाचनको तयारी सम्बन्धमा अद्यावधिक कार्यक्रमअन्र्तगत मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको […]

स्थानीय निर्वाचनको तयारी तीव्र

स्थानीय तह निर्वाचन प्रयोजनका लागि हालसम्म १० वटा राजनीतिक दलले निर्वाचन आयोगसमक्ष दल दर्ताको निवदेन दिएका छन् । आयोगले गत ५ फागुनमा स्थानीय तह निर्वाचनका लागि दल दर्ता गर्न सूचना जारी...

गठबन्धनको विपक्षमा कांग्रेसमा ठूलो पंक्ति

काठमाडौं, माघ १६ । आगामी जेठभित्र स्थानीय तह निर्वाचन गर्ने सत्तागठबन्धनबीचको सहमतिसँगै मुलुक निर्वाचन उन्मुख भएको छ । राजनीतिक दलहरुले निर्वाचनको तयारी गरिरहँदा अहिलेको पाँच दलीय सत्तागठबन्धनको निरन्तरता बारे बहस तीव्र छ । गठबन्धन नचाहने कार्यकर्ता र निरन्तरता पक्षधर नेतृत्वको रुचिले नेपाली कांग्रेसलाई धर्मसंकट पारेको छ । वि.स. २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेस […]

सत्ता गठबन्धनको बैठक बस्दै‚ निर्वाचनबारे छलफल हुने

काठमाडौं : आगामी निर्वाचनबारे छलफल गर्न सत्तारुढ गठबन्धको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान ९ बजे बस्ने गरी गठबन्धनमा आबद्ध दलहरूको बैठक बोलाइएको छ।स्थानीय तह निर्वाचन पछाडि धकेलेर पहिले संघीय संसद र प्रदेशसभाको चुनावको तयारी गरेका दलहरूले आज चुनावबारे स्पष्ट धारणा बनाउन लागेका हुन्। यसअघि निर्वाचनको तयारी र आधिकारिक धारणा तय गर्ने विषयमा शुक्रबार प्रधामन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकी