काठमाण्डाै उपत्यकाकाे सुरक्षा जिम्मा ‘सङ्घीय प्रहरी’ लाई दिने तयारी

काठमाण्डाै – गृह मन्त्री बालकृष्ण खाणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाण्डाै उपत्यकाको सुरक्षाको जिम्मा सङ्घीय प्रहरीलाई दिने तयारी गर्नुपरेको स्पष्ट पार्नुभएको छ । आज मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री खाणले यस्तो भनाइ राख्नुभएकाे हो । उहाँले यस विधेयकमा सरकारले प्रदेश प्रहरीको अधिकार कटौती गरेर सङ्घीय प्रहरीलाई दिने कुनै...

सम्बन्धित सामग्री

सेनाले लियो महत्वपूर्ण भौतिक संरचना, कारागार र विमानस्थलहरुको सुरक्षा जिम्मा

काठमाडौं । नेपाली सेनाले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन अघि विमानस्थल, कारागारलगायत एक सय ६ वटा महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मा लिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी चुनावको सुरक्षामा खटिएपछि सेनाले महत्वपूर्ण भौतिक संरचना, कारागार र विमानस्थलहरुको सुरक्षा जिम्मा लिएको हो । सैनिक जनसम्पर्क निर्देशनालयले जनाए अनुसार […]

चितवन कारागार र नागरिक उड्डयन प्राधिकरणको सुरक्षा जिम्मा नेपाली सेनालाई

चितवन, कात्तिक १५ । चितवन जिल्लाका संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । सुरक्षाका दृष्टिले संवेदनशील मानिएका क्षेत्रमा कालिबहादुर गणले सुरक्षाको जिम्मा लिएको हो । जिल्ला सुरक्षा समितिको निर्णय र केन्द्रीय सुरक्षा रणनीतिअनुसार सुरक्षाको जिम्मा सेनाले लिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । उनका अनुसार कारागार कार्यालय चितवन र नागरिक उड्डयन […]

उपत्यकाकाे सुरक्षा व्यवस्थाको जिम्मा संघीय प्रहरीलाई दिनुपर्छ: गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा संवेदनशीलता बढी भएकाले काठमाडौं उपत्यकाे सुरक्षा व्यवस्थाको जिम्मा संघीय प्रहरीलाई दिनुपर्ने बताउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी विधेयकमाथिको छलफलमा मन्त्री खाँणले प्रदेश प्रहरीको अधिकार कटौती गर्न नभई राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उपत्यकाको सुरक्षा जिम्मा संघीय प्रहरीलाई दिन लागेको बताउनुभयो । अन्तर्राष्ट्रिय परिदृश्य बदिलिइरहेकाे र सुरक्षा […]

भारतीय प्रधानमन्त्री मोदीको सुरक्षा ‘कमान्ड’को जिम्मा नेपाली सेनालाई

काठमाडौं, जेठ २ । सरकारले २५६६ औं बुद्ध जयन्तीका अवसरमा नेपाल भ्रमण गर्न लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि कमान्ड गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको छ। सोमबार नेपाल भ्रमणका क्रममा हेलिकोप्टरबाट बुद्धको जन्मस्थल लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको हो। गृह मन्त्रालयका अनुसार सेनाको संयोजनमा सबै सुरक्षा निकायका अधिकारीहरू […]

सिमकोट विमानस्थलको सुरक्षा जिम्मा सेनालाई

सिमकोट – सिमकोट विमानस्थलको सुरक्षाको जिम्मा सेनाले लिएको छ। निर्वाचनको समयमा महत्वपूर्ण संरचनाको जिम्मा नेपाली सेनाले लिनुपर्ने प्रावधानअनुसार सिमकोट विमानस्थलको सुरक्षाको जिम्मा सेनाले लिएको जनाएको हो। बराहदलगुल्म रानीवनका गुल्मपति गणेश खड्काका अनुसार जिल्ला सुरक्षा समितिको अनुुरोधमा सेनाले वैशाख २० गतेदेखि सेनाले विमानस्थलको सुरक्षाको जिम्मा लिएको हो। जिल्लाका ५४ वटै मतदान केन्द्रमा प्रत्यक्ष रूपमा नेपाल प्रहरी […]

जनकपुर विमानस्थलको सुरक्षा जिम्मा सेनालाई

स्थानीय तहको निर्वाचन नजिकिएसँगै जनकपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । नेपाल प्रहरीले विमानस्थलको सुरक्षामा खट्दै आएकोमा स्थानीय तहको निर्वाचन नजिकिएसँगै उनीहरू निर्वाचनमा खटिएपछि विमानस्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको हो ।आइतबारदेखि विमानस्थलको जिम्मा नेपाली सेनाले लिएका छन् । जनकपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले विमानस्थलको सुरक्षा नेपाल प्रहरीले गर्दै आएकोमा निर्वाचनमा उनीहरू खटेकाले यस अवधिभरका लागि नेपाली सेनाले विमानस्थलको सुरक्षा गर्ने बताए ।अहिले

जनकपुरधाम विमानस्थलकाे सुरक्षा जिम्मा सेनालाई

जनकपुरधाम : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै जनकपुरधाम विमानस्थलमा नेपाली सेना परिचालन गरिएको छ।यसअघि विमानस्थलको सुरक्षा नेपाल प्रहरीले गर्दै आएकोमा आइतबारदेखि सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएकाे हाे।विमानस्थलका प्रमुख योगेन्द्र कुँवरका अनुसार  स्थानीय तहको निर्वाचनमा विमानस्थलमा खटिएका नेपाल प्रहरीका सुरक्षाकर्मीहरुलाई चुनावमा खटाउनुपर्ने भएकाले तत्कालका लागि उनीहरुकाे ठाउँमा नेपाली सेनालाई जिम्मा दिइएको हाे।नेपाली सेनाको मेजरको नेतृत्वमा ४८ जना नेपाली सेना विमा

निर्वाचनको मतपत्र छपाईको सुरक्षा जिम्मा सेनालाई

काठमाडौं । स्थानीय तह निर्वाचनमा मतपत्र छपाइको सुरक्षा जिम्मा नेपाली सेनालाई दिने भएको छ । केन्द्रीय सुरक्षा समितिले पारित गरेको स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार मतपत्र छपाइ सम्बन्धी सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । निर्वाचन अवधिभर त्रिभुवन विमानस्थल सहितका देशभरका विमानस्थल, कारागार, महत्वपूर्ण प्रतिष्ठान र संरचनाहरूको […]

मतपत्र छपाइको सुरक्षा जिम्मा सेनालाई, स्ट्राइकिङ र मोबाइल गस्तीमा सशस्त्र

काठमाडौँ । स्थानीय तह निर्वाचनमा मतपत्र छपाइको सुरक्षा जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको छ । केन्द्रीय सुरक्षा समितिले पारित गरेको स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार मतपत्र छपाइसम्बन्धी सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए । शुक्रवार गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा बसेको केन्द्रीय सुरक्षा समिति […]

अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्र प्रहरीलाई दिइने

गृह मन्त्रालयले अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्र प्रहरी बललाई दिने भएको छ । गृहमन्त्री बालकृष्ण खाणले सोमवार सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजना,२०७८ मा अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक सुरक्षा जिम्मा सशस्त्र प्रहरीलाई दिने उल्लेख गरिएको छ । कार्ययोजना अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्रलाई दिने तयारी भएको हो । आकस्मिक सुरक्षाका लागि यी तीन वटै विमानस्थलमा सशस्त्र प्रहरी तैनाथी रहेन पनि कार्ययोजन...