पाँच वर्ष लगाएर बनेकाे पुल प्रयोगविहीन

सिमकोट – पाँच वर्ष लगाएर बल्लतल्ल निर्माण कार्य सम्पन्न भएको झोलुङ्गे पुल प्रयोगविहीन भएको छ। प्राविधिक दृष्टिले मानिसहरू आऊजाऊ गर्ने उपयुक्त पर्ने स्थानमा पुल निर्माण नभएको कारण प्रयोगविहीन भएको हो। सिमकोट गाउँपालिकाकाे ३ र ४ को सिमाना बुराउसे खोलामा बनेको झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको एक वर्ष बितेको छ। सिमकोट गाउँपालिका कार्यपालिका सदस्य समेत […]

सम्बन्धित सामग्री

महोत्तरीमा ७ वर्षअघि बनेको पुल प्रयोगविहीन

२३ भदौ, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ४ को रामनगरविर्ता र ५ को सितापुर बीचमा रहेको बडहडी खोलामा सात वर्ष अघि बनेको पुल अझै प्रयोगमा आउन सकेको छैन । तत्कालीन जिल्ला विकास समिति (जिबिस) …

महोत्तरीमा ७ वर्षअघि बनेको पुल प्रयोगविहीन

२३ भदौ, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ४ को रामनगरविर्ता र ५ को सितापुर बीचमा रहेको बडहडी खोलामा सात वर्ष अघि बनेको पुल अझै प्रयोगमा आउन सकेको छैन । तत्कालीन जिल्ला विकास समिति (जिबिस) …

पहुँच मार्ग नपाएको झोलुङ्गे पुल

नारायणी नदीमाथि ४ सय ८० मिटर लामो झोलुङ्गे पुल तयार भएको दुई वर्ष पूरा हुँदैछ । तर यो पुलबाट वारपार गर्न भने पाइदैन । नवलपरासीको त्रिवेणीधाम र चितवन निकुञ्जमा रहेको प्रख्यात वाल्मीकि आश्रमलाई जोड्न झोलुङ्गे पुल बनेको हो । तर पुलदेखि आश्रमसम्म पुग्ने निकुञ्जभित्र पदमार्ग नबन्दा पुल प्रयोगविहीन भएको छ ।

पूर्वीनाकालाई सौन्दर्यकरण गर्न ‘संकल्प अभियान’

झापा । पूर्वीनाका काँकडभिट्टालाई सौन्दर्यकरण गर्न स्थानीयवासीले स्वस्फूर्तरुपमा ‘सङ्कल्प अभियान’ शुरूगरेका छन् । काँकडभिट्टा पर्यटक भित्रिने पूर्वको मूलनाका भएकाले यसको थप सौन्दर्यकरण गर्न थालिएको स्थानीयले बताएका छन् । एसियाका भारत, बङ्गलादेश, म्यान्मार, थाइल्यान्डलगायत ३२ मुलुकलाई सडक सञ्जालले जोड्ने एसियाली राजमार्गअन्तर्गत चार लेनको पुल र पाँच सय मिटर पहुँचमार्ग सञ्चालनमा आएको एक वर्ष बितिसक्दा पनि पूर्वीनाकाको सौन्दर्यकरणमा कसैले ध्यान नदिएपछि स्थानीयको पहलमा अभियान थालिएको अभियानका संयोजक विजय डालमियाले बताए। नाका व्यवस्थित, सफा, सुन्दर र पर्यटकमैत्री हुनुपर्दछ भन्ने उद्देश्यले नागरिक स्वस्फूर्तरुपमा काँकडभिट्टाको सौन्दर्यकरण अभियानमा होमिएका उनले जानकारी दिए । अभियानमा सामाजिक संघसंस्था, व्यवसायी, बुद्धिजीवी, कलाकार, सञ्चारकर्मी, राजनीतिकर्मी, स्थानीयलगायत अभियानमा सहभागी भएका डालमियाले बताए। अभियानले पहिलो चरणमा पूर्वीनाकामा रहेको मेची पुलदेखि एसियाली राजमार्गको पहुँचमार्गअन्तर्गत आसपासका क्षेत्रमा सरसफाइ र सौन्दर्यकरणका विभिन्न काम गर्ने योजनाअनुरुप अगाडि बढेको उनले जानकारी दिए । 'जोकोही पर्यटक नेपाल भित्रिदै गर्दा सबैभन्दा पहिला अब नेपाल प्रवेश गर्दैछु र नेपाल साह्रै सुन्दर देश हो भन्ने अनुभूति गर्न सकोस्,' अभियन्ता दीपक पोखरेलले भने,'यसका लागि नाका सफा, सुन्दर र राष्ट्रिय पहिचानयुक्त हुनुपर्‍यो । हामी अभियानमार्फत नियमित सरसफाइ कार्यक्रम गर्नेछौँ । सडकका दायाँबायाँका भित्तामा चित्रकला सजाउनेछौँ । खाली जमिनमा फूलसहित बगैँचा बनाउनेछौँ ।' शुरूमै महँगो काम नसोचिएको र सानासाना कामबाट नाकालाई मनमोहक र हेरुहेरु लाग्ने गरी कार्यक्रम अघि सारिएको जनाउँदै पोखरेलले पुरानो मेची पुल पार गर्ने बित्तिकै दोबाटोमा रहेको ‘कर्नर आइल्यान्ड’लाई सुन्दर बगैँचामा रुपान्तरण गरिने जानकारी दिए । पूर्वीनाकाको प्रवेशद्वारमा टाढाबाटै देखिने गरी अग्लो राष्ट्रिय झण्डा राखिने र सडकका भित्तामा राष्ट्रिय गौरव झल्किने चित्रकला बनाइने अभियानले जनाएको छ । अभियानले नाकाको सौन्दर्यकरण कार्यक्रममा मेचीनगर नगरपालिका, मेची भन्सार कार्यालय र सुरक्षा निकायसँग समन्वय गरिरहेको अभियान्ता पोखरेलले बताए। भारत सरकारले एसियाली राजमार्गअन्तर्गत चार लेनको मेची पुल र नेपालतर्फ ५ सय मिटर लामो ६ लेनको फराकिलो सडक गत वर्ष नै निर्माण गरेको हो । यस राजमार्ग म्यान्मा र बङ्गलादेश हुँदै भारतको पानीट्यांकी सीमाबाट नेपालको काँकडभिट्टा नाका प्रवेश गर्दछ । पहुँचमार्गमा सडक कालोपत्रे, रात्रि बत्ती र फुटपाथ रेलिङ निर्माण गरिए पनि सडकको बीचमा रहेको लेन छुट्याउने भाग र वरपरको खाली ठाउँमा सौन्दर्यकरण गर्ने कार्य नभएकाले थानीयवासीको पहलमा काम थालिएको संयोजक डालमियाले बताए। हाल नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र मेची भन्सारको आ–आफ्नै चेकजाँच टोली बस्दै आएको छ । सुरक्षाकर्मी र पर्यटकका लागि निर्मित अपाङ्गमैत्री शौचालय, खानेपानीको धारा र कोरोनाकालीन अस्थायी होल्डिङ सेन्टर बेवारिसे अवस्थामा छन् । खानेपानीको आधादर्जन धारा, पिउने पानीको स्वच्छताका लागि जडान गरिएका अत्याधुनिक प्रशोधन उपकरण र आधुनिक शौचालय प्रयोगविहीन बनेका छन् । पानी फिल्टर गर्ने मेसिनमा खिया लाग्न थालिसकेको छ भने अपाङ्गमैत्री भनिएको शौचालयमा सिँढी राखेर उक्लिन नसकिने बनाइएको छ ।  एसियाली राजमार्गको पहुँचमार्ग निर्माणपछि नाकाको पुराना संरचना सबै भत्काइएकाले नेपाली भूभागको पहिचानका लागिसमेत नाकामा राष्ट्रिय पहिचानको झल्को दिने नयाँ संरचना निर्माण गरिनुपर्ने अभियन्ता राजु कार्कीले बताए। मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठक, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारती, मेचीनगरका पूर्वनगरप्रमुख विमल आचार्य, वडाध्यक्ष ललित तामाङ, पूर्वमेची यातायात प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठलगायतलाई अभियानका योजनाबारेमा थप जानकारी दिन आज स्थलगत अवलोकन गरिएको छ ।नाकालाई व्यवस्थित र सौन्दर्यकरण गर्ने अभियान सकारात्मक रहेको जनाउँदै इप्रका काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक भारतीले आफ्नो तर्फबाट सहयोग रहने बताए।रासस

‘एप्रोच’ सडक नबन्दा पुल प्रयोगविहीन

पुल निर्माण भएको झन्डै साढे ४ वर्ष बित्दा पनि ठोरीस्थित ठुटे खोलामा एप्रोच सडक निर्माण हुन सकेको छैन । एप्रोच सडक नहुँदा वीरगन्ज–ठोरी हुलाकी सडक खण्ड भएर जाने सवारीसाधन अझै डाइभर्सन प्रयोग गर्नुपर्ने बाध्य छ ।

कतै बाटो नभएको ठाउँमा बन्यो पुल, कतै अस्वाभाविक अग्लो हुँदा भएन हिँडडुल !

पुल बनेपछि आवतजावत तथा जनजीवनमा सहजता हुने अपेक्षा गरिन्छ तर कैलालीमा पुल बनेपछि स्थानीयले सहजता होइन, सास्ती नै सास्ती खेप्नुपरेको छ भने करोडौंमा बनेका कतिपय पुल प्रयोगविहीन छन् । हुलाकी राजमार्ग अन्तर्गत पर्ने कैलालीको कैलारी गाउँपालिका–५ मा पवेरा पुल बनेपछि बस्ती नै कुरूप बनेको छ । ७ वर्ष लगाएर सम्पन्न गरिएको पुल बनेको कात्तिकमा २ वर्ष पुग्दैछ । सानो सिँचाइ कुलोमा निकै नै अग्लो र भीमकाय पुल बनेको छ । पुल भएर आवजजावत होइन, पुलको छेउ भएर आवतजावत हुन्छ । सिंगो बस्ती पुलमुनि जस्तै भएको छ, जसले बस्ती कुरूप...

५० लाखको गोबर ग्यास प्लान्ट वर्षौंदेखि प्रयोगविहीन

झापा : मेचीनगर नगरपालिका–१० स्थित टिमाई पुल नजिकै रहेको धुलाबारी पशुहाट बजार परिसरमा पाँच वर्षअघि निर्माण गरिएको गोबर ग्यास प्लान्ट प्रयोगविहीन बनेको छ। पूर्व–पश्चिम राजमार्गदेखि ५० मिटर दक्षिणमा निर्माण गरिएको प्लान्ट अहिले जीर्ण अवस्थामा छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आर्थिक सहयोग र मेचीनगर नगरपालिकाको सहकार्यमा आर्थिक वर्ष २०७१/७२ मा ५० लाख रुपैयाँ खर्चिएर गोबर ग्यास प्लान्ट निर्माण गरिएको थियो। मेचीनगर नगरपालिकाले सरकारी सम्पत्तिको संरक्षणसँगै प्रयोगमा नल्याउँदा

दिक्तेल–बाम्राङ–बुइपा–गाईघाट सीधा बस सेवा शुरू

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित रत्नपार्कबाट बाम्राङ–बुइपा हुँदै गाईघाटसम्म सीधा बस सेवा शुरू गरिएको छ । खोटाङ यातायात प्रालिले आइतबारदेखि नियमित सञ्चालन हुनेगरी दिक्तेल–बाम्राङ–डल्लेखोला दोभान–दम्कु–बुइपा हुँदै गाईघाटसम्मको सिधा बस सेवा शुरू गरेको हो ।      दिक्तेलको रत्नपार्कबाट प्रत्येक दिन दिउँसो ४ बजे बाम्राङ–डल्लेखोला दोभान–दम्कु–बुइपा हुँदै गाईघाटका लागि बस छुट्ने यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए । पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडकमा नियमित बस सेवा शुरु भएपछि यात्रुहरू उत्साहित भएका छन् ।       यसअघि रत्नपार्कबाट मुडे–नुनथला–महुरे हुँदै गाईघाटलगायत पूर्वी तराईका विभिन्न जिल्लामा नियमित सीधा बस सेवा सञ्चालनमा थियो । बाम्राङ तथा बुइपाको तल्लो भेगमा पर्ने उक्त सडक खण्डमा नियमित बस सेवा सञ्चालनमा आएपछि यात्रा गर्न तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत सहज भएको छ । बाम्राङ र बुइपाबासीको मागलाई सम्बोधन गर्दै यातायात व्यवसायीसँग सहकार्य गरेर नियमित बस सेवा शुरू गरिएको बाम्राङका वडाध्यक्ष ललित राईले बताए । निर्माण सम्पन्न गरेको लामो समयसम्म प्रयोगविहीन बनेको उक्त सडकखण्डमा नियमित बस सेवा सञ्चालन गर्न यातायात व्यवसायीलाई आग्रह गरिएको छ ।       उक्त सडक खण्डको डल्लेदोभानमा मोटरेबल पक्की पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम सम्पन्न भएको र तीन करोड ८८ लाख लागत अनुमान आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख रिजालले बताए । डल्लेखोला दोभानमा आर्थिक वर्ष २०७७/०७८ मा पुलको बोलपत्र आह्वान हुने र सडक स्तरोन्नतिका लागि विभिन्न निकायसँग समन्वय गर्ने नगरप्रमुख रिजालले जानकारी दिए ।      दश स्थानीय तह रहेको जिल्लाका सबै स्थानीय तह पछिल्लो समय राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । जिल्लाका सबै ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन स्थानीय तहहरू लागिपरेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका ७९ वटै वडामा साना तथा ठूला यातायात सञ्चालनमा छन् । गाउँगाउँमा निर्माण गरिएका सडकमा नियमित यातायात सञ्चालनमा आएपछि कृषि उपज निर्यात तथा दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत सहज भएको स्थानीय बासिन्दाले बताएका छन् । चौध वर्षदेखि यातायातका साधन सञ्चालन भएको जिल्लामा पछिल्लो समय राजधानी काठमाडौँ तथा पूर्वी तराईका विभिन्न जिल्लासँग सीधा बस सेवा सञ्चालनमा छ । पूर्वी पहाडी जिल्ला खोटाङमा विसं २०६४ मा नेपाली सेनाको हेलिकोप्टरमार्फत गाडी ल्याएर दैनिक यातायात सञ्चालन गरिएको हो । रासस

दिक्तेल–बाम्राङ–बुइपा हुँदै गाईघाटसम्मको सिधा बस सेवा शुरु

वैशाख १३, खोटाङ । खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित रत्नपार्कबाट बाम्राङ–बुइपा हुँदै गाईघाटसम्म सिधा बस सेवा शुरु गरिएको छ ।  खोटाङ यातायात प्रालिले आइतवारदेखि नियमित सञ्चालन हुनेगरी दिक्तेल–बाम्राङ–डल्लेखोला दोभान–दम्कु–बुइपा हुँदै गाईघाटसम्मको सिधा बस सेवा शुरु गरेको हो । दिक्तेलको रत्नपार्कबाट प्रत्येक दिन दिउँसो ४ बजे बाम्राङ–डल्लेखोला दोभान–दम्कु–बुइपा हुँदै गाईघाटका लागि बस छुट्ने यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए । पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडकमा नियमित बस सेवा शुरु भएपछि यात्रुहरु हर्षित भएका छन् ।  यसअघि रत्नपार्कबाट मुडे–नुनथला–महुरे हुँदै गाईघाटलगायत पूर्वी तराईका विभिन्न जिल्लामा नियमित सिधा बस सेवा सञ्चालनमा थियो । बाम्राङ तथा बुइपाको तल्लो भेगमा पर्ने उक्त सडक खण्डमा नियमित बस सेवा सञ्चालनमा आएपछि यात्रा गर्न तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत सहज भएको छ ।  बाम्राङ र बुइपाबासीको मागलाई सम्बोधन गर्दै यातायात व्यवसायीसँग सहकार्य गरेर नियमित बस सेवा शुरु गरिएको बाम्राङका वडाध्यक्ष ललित राईले बताए । निर्माण सम्पन्न गरेको लामो समयसम्म प्रयोगविहीन बनेको उक्त सडकखण्डमा नियमित बस सेवा सञ्चालन गर्न यातायात व्यवसायीलाई आग्रह गरिएको छ ।  उक्त सडक खण्डको डल्लेदोभानमा मोटरेबल पक्की पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम सम्पन्न भएको र रू. तीन करोड ८८ लाख लागत अनुमान आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख रिजालले बताए ।  डल्लेखोला दोभानमा आर्थिक वर्ष २०७७/०७८ मा पुलको बोलपत्र आह्वान हुने र सडक स्तरोन्नतिका लागि विभिन्न निकायसँग समन्वय गर्ने नगरप्रमुख रिजालले जानकारी दिए । दश स्थानीय तह रहेको जिल्लाका सबै स्थानीय तह पछिल्लो समय राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । जिल्लाका सबै ग्रामीण सडकलाई बाह्रै महीना सञ्चालनमा ल्याउन स्थानीय तहहरु लागि परेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका ७९ ओटै वडामा साना तथा ठूला यातायात सञ्चालनमा छन् ।  गाउँगाउँमा निर्माण गरिएका सडकमा नियमित यातायात सञ्चालनमा आएपछि कृषि उपज निर्यात तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत सहज भएको स्थानीय बासिन्दाले बताएका छन् ।  चौध वर्षदेखि यातायातका साधन सञ्चालन भएको जिल्लामा पछिल्लो समय राजधानी काठमाडौं तथा पूर्वी तराईका विभिन्न जिल्लासँग सिधा बस सेवा सञ्चालनमा छ । पूर्वी पहाडी जिल्ला खोटाङमा विसं २०६४ मा नेपाली सेनाको हेलिकोप्टरमार्फत गाडी ल्याएर दैनिक यातायात सञ्चालन गरिएको हो । रासस