काठमाडौँ : दक्षिण अफ्रिकामा जारी हिंसात्मक प्रदर्शनमा अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ। पूर्व राष्ट्रपति जेकोब जुमा जेल परेपछि करिब एक सातादेखि भइरहेका हिंसात्मक प्रदर्शनहरूमा अहिलेसम्म ७२ जनाको ज्यान गएको बिबिसीले जनाएको छ।सरकारले लुटपाट र हिंसात्मक प्रदर्शनलाई रोक्न सेना परिचालन गरेपनि हिंसात्मक प्रदर्शन र लुटपाट जारी रहेको छ। राष्ट्रपति सिरिल रामाफोसाले आम नागरिकलाई ‘हिंसाविरुद्ध उभिन’ आह्वान गरेका छन्। उनले हिंसाबाट टाढा रहन र देशलाई अस्थिर बनाउन चाहनेविरुद्ध दृढ