नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र एनएमबी बैक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।
सम्झौतासँगै विश्वका विभिन्न सम्झौता मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम एनएमबी बैंकको सिधै बैंक खातामा तथा एनएमबी बैंकका शाखा कार्यालय मार्फत सहजै प्राप्त गर्न सकिन्छ ।
रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रालिका तर्फबाट प्रमुख...
काठमाण्डाै - सानिमा बैंक लिमिटेड र स्मल वर्ल्ड फाइनान्सियल सर्भिसेजबीच युरोप—नेपाल रेमिट्यान्स सेवा सम्झौता भइ सञ्चालनमा आएको छ । यस सम्झौताले युरोपका विभिन्न देशहरुबाट नेपालमा सहजै रेमिट्यान्स पठाउन सकिने छ ।
युरोपबाट रेमिट्यान्स पठाउन स्मल वर्ल्डको आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ । यस सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवामार्फत् युरोपबाट पठाएको रकम नेपालभरि १६ हजारभन्दा बढि आधिकारिक प्रतिनिधिमार्फत् नगदमै भुक्तानी लिन सकिनेछ।
साथै, युरोपबाट नेपाल पै...
सानिमा बैंक लिमिटेड र स्मल वर्ल्ड फाइनान्सियल सर्विसेजबीच युरोप—नेपाल रेमिट्यान्स सेवा सम्झौता भएको छ। युरोपबाट रेमिट्यान्स पठाउन स्मल वर्ल्डको आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ।
यस सम्झौताअन्तर्गत सानिमा बैंकको रेमिट्यान्स...
काठमाडौं । पतञ्जली आयुर्वेद र आईएमईबीच रेमिट्यान्स साझेदारी सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार भारतमा बसोबास गर्ने लाखौं नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आवद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन् । सम्झौता पत्रमा पतञ्जली समूहद्वारा प्रवर्द्धित भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा. ऋषिकुमार र आईएमई इन्डिया तर्फबाट प्रमुख कार्यकारी […]
नेपाल बैंक र नेपाल रेमिट इन्टरनेसनल बीच रेमिट्यान्स सम्झौता भएको छ । एक कार्यक्रमका बीच नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाल रेमिट इन्टरनेशनलका तर्फबाट अध्यक्ष रितेश मित्तलले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । नेपाल रेमिट इन्टरनेसनल मार्फत आएको रेमिट्यान्स नेपाल बैंक लिमिटेडको सम्पूर्ण शाखाहरु, एक्सटेन्सन काउन्टर तथा बैंकका सव एजेन्टले भुक्तानी गर्ने सम्झौता भएको छ ।
काठमाडौं । इसेव मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्ट प्रालिबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौताबारे जानकारी दिंदै ईसेवा मनी ट्रान्सफरका सीईओ अजेस कोइरालाले भने, ‘प्रभु म्यानेजमेन्टसँग रेमिट्यान्स भुक्तानी सहकार्य गर्न पाउँदा निकै खुसी लागेको छ।’ प्रभु म्यानेजमेन्टको व्यापक फैलिएको सञ्जाल मार्फत ग्राहकले रेमिट्यान्स भुक्तानी सेवामा थप सहजता पाउने उनको विश्वास छ । सम्झौतासँगै संसारका […]
इसेवा मनि ट्रान्सफर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स कारोबार गर्दै आएको कुवेत इण्डिया इन्टरनेशनल एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै कुवेतमा रहेका नेपालीहरूलाई रेमिट्यान्स पठाउन अझ सहज भएको छ । कुवेतमा रहेका नेपालीहरूले कुवेत इण्डिया इन्टरनेशनल मार्फत नेपालका कुनै पनि बैंक खातामा तथा इसेवा वालेटमा कम लागतमा रकम पठाउन सक्ने इसेवाले जनाएको छ । साथै कुवेतमा रहेका कुवेत इण्डिया इन्टरनेशनलका ८ वटा शाखा तथा मोबाइल भ्यान मार्फत पनि नगद रेमिट्यान्स पठाउन स