नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक भोलि आइतबार बस्ने भएको छ। बैठक विहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्न लागेको हो।
बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी, पार्टीका विविध...
काठमाडौं : आजका लागि बोलाइएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। पार्टी एकताका लागि छलफल भइरहेका बेला एकपक्षीय रुपमा बैठक बोलाइएको भन्दै माधव नेपाल पक्षले आपत्ति जनाएपछि बैठक भोलि बस्ने गरी स्थगित भएको हो। एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले एकतालाई ध्यानमा राखेर बैठक सारिएको बताए। माधव नेपाल पक्षले पार्टी एकताका लागि विभिन्न तहमा छलफल भइरहेका बेला केन्द्रीय कमिटी बैठक बसेर एक पक्षीय ढंगले कुनै पनि निर्णय गर्न नहुने भन्दै बैठक सार्न दबाब दिएको थियो।