दाना र अण्डाको कारोबार गर्ने किसान दाना उद्योगको व्यापार घट्यो

काठमाडौं, २२साउन।दाना र अण्डाको कारोबार गर्ने किसना दाना उद्योगको व्यापार घटेको छ। कम्पनीको व्यापार सन् २०२२को तुलनामा सन् २०२३ मा करिब ९करोड रुपैयाँले घटेको हो।कम्पनीले सन्२०२२मा २अर्ब ३८ करोड ४०लाख रुपैयाँको व्यापार गरेको थियो। सन्२०२३मा कम्पनीले २ अर्ब २९करोड २०रुपैयाँ(अपरिष्कृत) व्यापार गरेको छ।कम्पनीले सन् २०२१मा १अर्ब९७ करोड६०लाख,सन्२०२०मा १अर्ब ५०करोड ५०लाख र सन् २०१९मा १अर्ब३२करोड ५०लाख रुपैयाँको व्यापार गरेको थियो।

सम्बन्धित सामग्री

१० वर्षअघिको आर्थिक अभियानबाट: कुखुराको मासु किलोको रू. १ सय ७०

राजधानीमा कुखुराको मासु सस्तिएको छ । केही दिनअघिसम्म प्रतिकिलो रू. २ सय रहेको कुखुराको तयारी मासुको मूल्य अहिले १ सय ७० मा झरेको छ । राजधानीमा गत वर्ष यही समयमा कुखुराको तयारी मासु किलोको रू. २ सय ५० माथि पुगेको थियो । मागभन्दा आपूर्ति धेरै भएकाले मूल्य घटेको मासु व्यवसायीहरूले बताएका छन् । ‘उपत्यकामा र आसपासका जिल्लामा कुखुराको उत्पादन वृद्धि भएकाले मूल्य घटाउनु परेको हो,’ राष्ट्रिय मासु विक्री संघका अध्यक्ष जंगबहादुर बीसीले भने ।  दाना उद्योग संघ, कुखुरा पालक किसान संघ, तथा राष्ट्रिय मासु विक्री संघको तिहारअघि बसेको संयुक्त बैठकले मूल्य घटाउने निर्णय गरेको हो । गत दशैंमा अपेक्षाअनुसार उपत्यकामा कुखुराको मासु विक्री नभएकाले र आपूर्ति बढेका कारण मूल्य घटेको बीसी बताउँछन् । आपूर्ति घट्ने संकेत नदेखिएकाले यो मूल्य लामै समय कायम रहने उनले बताए । कुखुरा पालक किसानहरूले भने कुखुराको मूल्य घटाइएकोमा विरोध गरेका छन् । अहिलेको मूल्यअनुसार कुखुरा विक्री गर्दा घाटा सहनुपरेको उनीहरूले बताएका छन् ।  वर्ष ६, अंक ५३ , बुधवार, २४ कात्तिक, २०६७

अनुदानमा अनुकरणीय बन्दै एनएलएसआईपी परियोजना

काठमाडौं । नेपालमा वार्षिक कति दूध उत्पादन हुन्छ भन्ने यकिन तथ्यांक कुनै निकायसँग छैन ।  हालै सार्वजनिक एक तथ्यांक अनुसार नेपालमा बर्सेनि भैंसीको संख्या घटिरहेको छ भने दूध उत्पादनमा वृद्धि भइरहेको छ ।  उक्त तथ्यांक अनुसार नेपालमा दूध दिने भैंसीको संख्या १६ लाख ३० हजार ६ सय ४२ छ ।  कृषि तथा पशुपन्छी डायरी २०२३ मा सार्वजनिक तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/०७७ मा १३ लाख ८० हजार ६ सय मेट्रिक टन भैंसीको दूध उत्पादन भएको थियो । सो वर्ष दुधालु भैंसीको संख्या १६ लाख ३५ हजार ४ सय ९२ थियो ।  तर, आव २०७८/०७९ मा दूध दिने भैंसीको संख्या ५ हजारले घटेर १६ लाख ३० हजार ६ सय ४२ पुगेको छ । यस अवधिमा ३८ हजार मेट्रिक टनले दूध उत्पादन बढेर १४ लाख १९ हजार ४ सय १२ मेट्रिक टन भएको देखिन्छ । भैंसीको संख्या घटे पनि दूध उत्पादन वृद्धि हुनुको कारण नश्ल सुधार हुनुलाई मानिएको छ । सरकार तथा सहयोग नियोगको सहकार्यमा नेपालमा विभिन्न जातका राँगा ल्याई सेक्स सिमेन किसानसमक्ष पुर्‍याउने प्रयाससमेत भइरहेको छ । विश्व बैंकको ऋण सहयोगमा सञ्चालित नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआईपी)ले पनि यसमा सघाइरहेको छ । ५५ मिलियन ऋण सहयोगमा दूध, मासु र पस्मिना गरी तीन श्रृङ्खलामा अनुदान सहयोगसहित देशका २८ जिल्लामा उपआयोजना सञ्चालन गरिरहेको आयोजनाले कोरिया अमेरिका लगायतका मुलुकबाट नश्ल सुधारका लागि राँगा, साँढे तथा बोका नेपाल ल्याई सिमेन संकलन गरी किसानलाई वितरण गर्न सघारहेको हो ।  त्यस्तै आयोजनाले अत्याधुनिक ल्याब निर्माणका लागि उपकरण खरीद/जडान र पशु अस्पताल निर्माण गरिरहेको छ । आयोजनाले पोखरा र लाहानमा अत्याधुनिक ल्याब सहितको भवन निर्माण गरेको छ भने २८ स्थानीय तहमा पशु अस्पताल निर्माण गरेको छ ।   आयोजनाले सञ्चालन गरेका उपआयोजनामा हाल उन्नत जातका गाई-भैंसीपालन गरिएको छ । आयोजनाको ५० प्रतिशत अनुदान सहयोगमा नवलपरासी पूर्वको गैंडाकोटमा उपआयोजना सञ्चालन गरिरहे‍को मुकुन्द सेन दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष गोपाल श्रेष्ठले आयोजनाको मिडिया अनुगमनमा पुगेका पत्रकारहरूसँग कुरा गर्दै पहिले दैनिक ९ हजार लिटर दूध उत्पादन गर्दै आएको संस्थाले हाल १४ हजार लिटर उत्पादन गर्दै आएको  जानकारी दिए ।  यस उपआयोजनामा एनएलएसआईपीले दाना उद्योग स्थापनाका लागि ९७ लाख ३६ हजारभन्दा बढी रकम अनुदान दिएको छ । आफ्नै दाना उद्योगबाट दाना उत्पादन हुँदा किसानलाई कम लागतमा गुणस्तरीय दाना दिँदा उत्पादनमा वृद्धि भएको उनको भनाइ छ । यस्तै चितवनको रत्ननगर नगरपालिकामा सञ्चालित उपआयोजना न्यू एग्रिकल्चर पशु फार्म सञ्चालन गरिरहेका दिनेश खतिवडाले उन्नत जातकै भैंसी पालिरहेका छन् । उनका अनुसार आयोजनाको ५० प्रतिशत अनुदान सहयोग, २० प्रतिशत स्वलगानी र ३० प्रतिशत वित्तीय लगानीमा आयोजना शुरू भएपछि उत्पादन वृद्धि भएको बताए ।  'आयोजना लागू भएपश्चात मैलै दैनिक झण्डै ६०० लिटर दूध विक्री गरिरहेको छु । यो भनेको ६०० परिवारलाई नै पुग्ने दुध हो । एउटा मात्रै यस्तो आयोजना हुने हो भने एउटा वार्डलाई एउटै फर्मको दूधले पुग्छ । यसले आयातलाई पनि घटाएको छ,' उनले थपे ।  आयोजना काम गर्ने मान्छेका लागि अति नै सहयोगी बनेको उनको बुझाइ छ । 'जुन अवधारणा आयोजनाले अगाडि सारेको छ, यसले काम गर्नेले मात्रै पाउन सक्ने तर अन्यलाई मुस्किलै छ भन्ने मैले महसुस गरेको छु,' उनले भने । उनका अनुसार यसमा ३ ओटा निकायको सहलगानी रहने पक्ष राम्रो छ । 'एक मेरै २० प्रति‍शत लगानी छ भने म जिम्मेवार हुनै पर्‍यो, अर्को बैंकले ऋण लागानी गरेको छ, जसको कारण निरन्तरको अनुगमन रहने र आयोजनाले पनि विभिन्न समयमा अनुगमन गर्ने हुँदा यो मोडल राम्रो छ,' उनले भने, 'स्थानीय तह र सरकारका अन्य निकायले पनि यो मोडल अपनाउँदा अनुदान खेर जाँदैन ।' ८ वर्षदेखि व्यवसाय गर्दा साइलेस भण्डार थिएन, गोठ राम्रो थिएन, अफिस थिएन । तर, आयोजनाका कारण व्यवस्थापनमा पनि सहयोग पुगेको उनको बुझाइ छ । 'मैले हेटौंडामा गाई पाल्ने प्रयास गरेको थिएँ । तर, सफल हुन सकिनँ । तर, अहिले आयोजनासँग  जोडिएपछि थाहा भयो- आहार व्यवस्थापन गर्न नसक्दा असफल भएको रहेछु,' उनले भने ।  'संरचनामा ठूलो लगानी गर्ने पशु व्यवस्थापन गर्नै नसक्ने आहार व्यवस्थापन गर्नै नसक्ने तथा नाफा घाटाका बारेमा समेत लेखा राख्न नजान्ने कारण असफल भएको रहेछ भन्ने कुरा आयोजनाले सिकायो,' उनले भने ।  हाल उनीसँग १३५ भैंसी छन् । आयोजनाको सहयोगमा १५ गाई र १५ भैंसी किनेको र एउटा सुधारिएको गोठ निर्माण गरेको उनले बताए । आयोजनाको लगानीसहित हाल साढे २ करोड लगानी गरेका छन् उनले । हाल उनले मासिक कम्तीमा २ लाख नाफा गर्ने गरेको बताए । उनलाई आयोजनाले यान्त्रिकीकरणमा समेत सहयोग गरेको छ ।  चितवनकै देवनगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष रत्नमणि न्यौपानेका अनुसार स्थापनाकालमा मात्रै १५० लिटर दूध संकलन शुरू गरेको संस्थाले हाल दूध संकलनमा मात्रै नभई विविधीकरणतर्फ लागेको छ । आयोजनाको यान्त्रिकीकरणमा सहयोग गर्ने उद्देश्य अनुसार प्रदान गरिएको अनुदान रकमबाट दूध पास्चराइज गर्ने तथा दही-माेही, पनिर, चिजलगायत उत्पादन गरी आफ्नै नाममा ब्राण्डिङ गरी विक्री गरिरहेको छ भने दैनिक १५ सय लिटर दूध संकलन गरिरहेको छ ।  'हामी ढिलो-चाँडो विविधीकरणमा जानै पर्ने थियो । हाम्रो लक्ष्य पनि थियो । तर, सकिरहेका थिएनौं । आयोजनासँग जोडिएपछि प्राविधिक सहयोग पायौं, जसले गर्दा हामी आफ्नै ब्राण्ड देव दूधका नाममा बजारमा गएका छौं । आयोजनाले दिने अनुदान त छँदै छ त्योभन्दा ठूलो कुरा प्रविधि र प्राविधिक ज्ञान हामीमा थिएन, यसमा ठूलो सहयोग मिल्यो,' संस्थाका अध्यक्ष न्यौपानेले पत्रकारहरूसँग भने, 'अफ्ठ्यारा धेरै आए । तर, हाम्रो लक्ष्य स्पष्ट थियो र उद्देश्य पूर्ति गर्न सफल पनि भएका छौं ।'   त्यस्तै चेतनशील दुग्ध उत्पादक सहकारी संस्था हेटौंडा-१७ का अध्यक्ष महेश बजगाईंले आयोजनाबाट प्राप्त अनुदानबाट सञ्चालन भएको उपआयोजनाका कारण दूध उत्पादनमा वृद्धि भएको बताए । आयोजनाले दिएको ज्ञानका कारण किसान थप उत्पादनमा जोडिएको तथा विदेशबाट फर्केका युवासमेत यही पेशामा लागेको उनले बताए । 'आयोजनाको मोडेल र व्यवस्थापन अनुसार सञ्चालन भएका फर्मका कारण अन्य किसानले पनि फलो गरेका छन्,' उनले भने, 'त्यति मात्रै होइन, यो हेरेर विदेशिएका युवा पनि आकर्षित भएका छन् ।' संस्थाकै संकलन केन्द्रमा भेटिएका किसान सीताराम बाँस्तोलाले पहिले पनि पशुपालन गरेको तर सफल हुन नसकेपछि विदेशिएको बताए । तर, फेरि नेपाल फर्केर सोही काम गर्न थालेको उनले बताए । 'पहिले पनि गरेकै हो, सफल भइएन । अहिले भने अनुदान रकमले भन्दा पनि सिकेकै ज्ञानले राम्रो भएको छ,' उनले भने । त्यस्तै मकवानपुरको मनकामना दुग्ध उत्पादक संस्थाका अध्यक्ष अर्जुनप्रसाद दाहालले यो आयोजनाले उद्यममा जान चाहानेहरूका लागि राखेको प्रस्तावमा छनोट भई संस्थालाई उद्योगको रूपमा विकास गरिएको बताए । दूध संकलन गरी जिल्ला सहकारी संघलाई विक्री गर्दै आएको यस संस्थालाई आयोजनाले विविधीकरणमा जान सहयोग पुगेको उनले बताए ।  आयोजनाले दुग्धजन्य वस्तु प्रशोधन तथा उत्पादनमा सहयोग गरेको छ । उद्योगले हाल दूध, दही, मोही, चिज, घ्यू ,छुर्पी, खुवा उत्पादन गरी मनकामना दूधको नाममा ब्राण्डिङ गरी विक्री गरिरहेको छ । हाल संस्थाले सञ्चालन गरिरहेको उद्योगलाई प्राविधिकको कमी भएकाले त्यससम्बन्धी तालिमको व्यवस्था मिलाइदिन आयोजनासँग अध्यक्षले माग गरेका थिए ।  आयोजनाका कृषि-अर्थविज्ञ सुशील खड्काले यही असारमा आयोजनाको सम्पन्न हुने तर निरन्तर अनुगमन भने भइरहने बताए । आयोजना असारमा सकिँदै छ । मन्त्रालयसँग १ वर्ष अवधि थपको लागि कुरा भएको छ । अब अनुदानका काम नभए पनि सम्भव भएसम्म तालिमको व्यवस्था गरिदिने योजना रहेको उनले बताए ।   अनुगमनका क्रममा उदयपुरमा सञ्चालन भएको भूपू सैनिक कृषि सहकारीले भने लक्ष्य अनुसार उपआयोजना सञ्चालन गर्न नसकेको पाइएपछि अनुगमनमा गएको टोलीले सञ्चालकलाई सचेत गराएको थियो । औजार खरीद, गोठ निर्माण र गाई खरीद गर्ने गरी आयोजनासँग सम्झौता गरेको संस्थाले आयोजनालाई निरन्तरता दिएको भए पनि पशु आहार र स्याहारमा ध्यान नदिएको पाइएपछि टोलीले आवश्यक बन्दोबस्त मिलाई उद्देश्य अनुसार अगाडि बढ्न निर्देशन दिएको थियो ।  सम्झौता अनुसार पूरा रकम पाइएन : किसान  उपआयोजना सञ्चालन गरेका अधिकांश किसानले सम्झौता अनुसार पूरा रकम नपाएको गुनासो गरे । आयोजनासँग १ करोड ४४ लाखमा सम्झौता गरेको तर सबै काम सक्दा पनि पूरा रकम नपाएको खतिवडाले गुनासो गरे । ५० प्रतिशत अनुदान भएकोले आफूले  ७२ लाख रुपैयाँ पाउनुपर्नेमा ५४ लाख मात्रै पाएको बताए । 'आयोजनासँग १ करोड ४४ लाखको सम्झौता भएको हो । मैले सबै काम सक्दा पनि पूरा पैसा पाइनँ,' उनले भने । कम्जोरी भए कानुनी प्रक्रियाबाट लिनसक्नुहुन्छ : खड्का यता अनुगमनमा पुगेका आयोजनाका कृषि-अर्थविज्ञ खड्काले सर्त पूरा गरेका आयोजनाले पूरा भुक्तानी पाएको बताए । यदि नपाएको भए सरकारले जनतालाई दिएको रकममा कुनै तलमाथि गर्न नहुने भएकाले कानुनी बाटोबाट जान सकिने उनको सुझाव छ । आयोजनाका सर्त पूरा गरेका उपआयोजनाले पूरा भुक्तानी पाएको तर आयोजनाले नापजाँच गर्दा वा उनीहरूले पेस गरेको बिल अपुग भएको हुन सक्ने उनले बताए । 'सरकारले दिएको रकम हो यसमा कुनै तलमाथि हुँदैन, यदि त्यस्तो भएको भए कानुनी बाटोबाट पनि जान सक्नुहुन्छ, लिन सक्नुहुन्छ,' उनले भने  ।   हालसम्म आयोजनाले मूल्याङ्कन गर्दा सर्त नपुगेका आयोजनाबाट १ करोड १४ लाख बढी रकम कटौती भएको समेत उनले जानकारी दिए । हामीले आयोजना शुरू भएको दिनदेखि पहिलो, दोस्रो र तेस्रो चरणको माइलस्टोन भनेर समयसीमा तोकेका छौं । उहाँहरूले पशु खरीद गरेको दिनदेखि मात्रै आहाराको रकम गणना हुने हो, पशु खरीदमा जति ढिलो गर्नुभयो त्यति नै रकम घट्ने गर्छ । पशु नहुँदाको समयमा आहाराको रकम आयोजनाले दिन सक्दैन । त्यसकारण कतिपय आयोजनाको रकम घटेको छ,' खड्काले भने । प्रधानमन्त्रीलाई खिसिट्युरी गर्नेले जात बुझेनन्  यो पेशा अपनाउनेले ब्रिड पहिचान गर्न सक्यो भने धेरै राम्रो हुने खतिवडाले बताए । 'मैले निलिरावी जातको भैंसी पालेको छु । सरकारले किसानका लागि उन्नत जातको राँगा ल्याउँदा खिसिट्युरी गरेको देखियो । त्यसको महत्त्व हामी किसानलाई मात्रै थाहा छ,' उनले भने, 'यस्ता ब्रिडले नेपालको दूध उत्पादन बढाएको छ । अहिले कुन जातको पशु कुन माध्यमबाट नेपाल आएको छ भन्ने सबैलाई थाहा नै छ । नेपालको भैसीले धेरै दूध दिंदा १० लिटर दुध दिन्छन्, मैले एउटै भैंसीबाट २४ लिटरसम्म दूध दुहेको छु ।'  ठेकीमा बोकेर घरघर पुग्दा पास्चराइज दूधलाई मर्का देव नगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष न्यौपानेका अनुसार पास्चराइज गरेको दूधभन्दा ठेकीमा बोकेर घरघर पुर्‍याइएको दट्धठ सस्तो हुँदा स्थानीय बजारमा प्याकिङ दूध प्रतिस्पर्धा गर्न मुस्किल भएको बताए । अनुगमनमा गएका आयोजनाका कार्यक्रम मूल्याकंन अधिकृत ईश्वरीप्रसाद खतिवडाले पास्चराइज गरेपछि मात्रै दूध स्वस्थ हुने र त्यस्तो दूध मात्रै विक्री हुनुपर्ने भए पनि सरकारले यसमा सचेतना फैलाउन नसकेको बताए । विदेशतिर पास्चराइज नगरिएको दूध खाइँदैन, नेपालमा त्यस्तो छैन, पास्चराइज गर्दा लागत बढ्छ । तर, सस्तो भएकै कारण अस्वस्थ दूधले बजार पाइरहेको छ । यसमा सरकारले सोच्नुपर्ने बेला भएको छ,' उनले भने । आर्थिक मन्दीका कारण दूध माग घट्यो   देव नगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष न्यौपानेका अनुसार पछिल्लो समय देशमा देखिएको मन्दीको कारण दूध उपभोग गर्ने उपभोक्ताले दूध उपभोगमा मात्रा घटाएको बताए । दैनिक १ लिटर दूध खरीद गर्ने उपभोक्ताले आधा लिटरमात्रै दूध खरीद गर्ने गरेका छन्,' अनुगमन टोलीसँग उनले भने ।  दूध महँगो भएको कारण खपत घटेको हो की भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने, 'पछिल्लो मन्दीको कारण होला, आम उपभोक्ताले दूधको मात्रा घटाएका छन् ।"

कृषि उद्यमतिर पूर्वमन्त्री

पूर्वमन्त्री तथा बाँकेका सङ्घीय सांसद मोहम्मद इश्तियाक राई र उहाँको परिवारका सदस्यले मिलेर एक अर्ब ३० करोड रुपियाँको लगानीमा अत्याधुनिक दाना उद्योग, कुखुरापालन र चल्ला उत्पादन सुरु गर्नुभएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१, बिर्तामा ४० कट्ठामा ६५ करोड रुपियाँ लगानीमा किसान फिड मिल नामको अत्याधुनिक दाना उद्योग र ९० कट्ठामा ५० करोड रुपियाँ लगानीमा रजा ग्रुपको नामबाट कुखुरापालन तथा २० करोड रुपियाँको लगानीमा अरहाम ह्याचरी फार्म सञ्चालन अगाडि बढाइएको हो ।

सवा अर्ब लगानीमा पूर्वमन्त्री राईले खोले कृषि उद्योग

नेपालगन्ज-पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य मो. इस्तियाक राईको लगानीमा नेपालगन्जमा दाना उद्योग, ह्याचरी र कुखुरा फार्म गरी तीनवटा व्यवसाय सुरु हुन थालेका छन् । ४० कठ्ठामा दाना उद्योग, ९० कठ्ठामा कुखुरा र ह्याचरी फार्म सञ्चालनको काम अगाडि बढाइएको छ ।जसमध्ये ६५ करोडमा सञ्चालन थालिएको किसान फिड मिल प्रालिको सोमबार उद्घाटन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको वडा […]

कुखुराको दानाको मूल्य बढ्यो

काठमाडौं । कुखुरालाई खुवाउने दानाको मूल्य बढेको छ । दाना उत्पादन गर्न आवश्यक पर्ने कच्चापदार्थ भटमासको पिनाको मूल्य अन्तरराष्ट्रिय बजारमै बढेपछि नेपालमा पनि यसको मूल्यवृद्धि भएको हो । नेपाली उद्योगी व्यवसायीले दाना उत्पादनका लागि मुख्य कच्चापदार्थ भटमासको पिना विशेषगरी भारत र अमेरिकाबाट आयात गर्छन् । गतवर्ष ती देशमा भटमासको उत्पादनमा ह्रास आएकाले दानाको कच्चापदार्थको मूल्य बढेको बताइएको छ । हाल दानाको मूल्य प्रतिकिलो २ रुपैयाँका दरले बढाइएको छ । बढाइएको नेपाल दाना उद्योग संघले बताएको छ, जसअनुसार ‘बी जीरो’ दानाको मूल्य प्रतिकिलो ६४ बाट बढाएर ६६ रुपैयाँ पु¥याइएको छ भने ‘बी वान’ दानाको मूल्य प्रतिकिलो ६३ बाट बढाएर ६५ रुपैयाँ पु¥याइएको छ । त्यसैगरी ‘बीटू’ र ‘बीथ्री’ दानाको मूल्य पनि प्रतिकिलो २ रुपैयाँका दरले मूल्य बढाएर क्रमशः ६४ र ६३ रुपैयाँ कायम गरिएको छ । करीब एक वर्ष अवधिमा भटमासको पिनाको मूल्य किलोमै ५५ रुपैयाँले बढेर ७० बाट १२५ रुपैयाँसम्म पुगेको संघका अध्यक्ष रबिन पुरीले बताए । त्यसैगरी ८० पर्ने सोयाको मूल्य बढेर प्रतिकिलो ११५ रुपैयाँ पुगेको छ । भटमासको पिनासँगै दाना बनाउन प्रयोग गरिने अर्को मुख्य कच्चापदार्थ मकैको मूल्य समेत बढेको छ । प्रतिकिलो २० देखि २५ रुपैयाँ पर्ने मकैको मूल्य बढेर अहिले ३५ रुपैयाँसम्म पुगेको संघले बताएको छ । नजिकको छिमेकी मुलुक भारतमा भटमासको उत्पादन घटेपछि भारतीय व्यापारीले समेत अमेरिकाबाट आयात गरी नेपाली व्यापारीलाई विक्री गर्दा महँगो परेको अध्यक्ष पुरीले बताए । ‘अहिले परेको उत्पादन लागत अनुसार प्रतिकिलो दानामा ८ रुपैयाँसम्म मूल्य बढाउनुपर्ने हो,’ उनले भने, ‘तर एकैपटक मूल्य बढाउँदा कुखुरापालक किसान हतोत्साहित हुन सक्ने भएकाले २ रुपैयाँ मात्र मूल्य बढाइएको हो ।’ दानाको कच्चापदार्थको मूल्य आकासिनुको अर्को मुख्य कारण पछिल्लो समय चिनियाँ व्यवसायीले भटमासको खपत अत्यधिक रूपमा बढाएकाले अन्य देशमा अभाव हुनु पनि रहेको बताइएको छ । नेपालमा दाना बनाउन प्रयोग गरिने भटमास र मकै अमेरिका, ब्राजिल, भारत लगायत देशबाट आयात हुने गरेको छ । दाना बनाउन प्रयोग गरिने कच्चापदार्थमध्ये भटमास ९९ प्रतिशत र मकै ७० प्रतिशत आयात गर्नुपर्ने अवस्था छ ।

१७ करोडको लगानीमा धरानमा दाना उद्योग स्थापना

भदौ २०, धरान । विश्वव्यापी कोरोना महामारीले आर्थिक क्षेत्र धरासायी भइरहेको बेला धरान ८ तीनकुने स्थित आद्यौगिक क्षेत्रभित्र भने करोडौं लगानीको उद्योग खुलेको छ । २० जना व्यवसायीहरु मिलेर पशुपंक्षीको दाना (आहार) उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको हो । लगानीकर्ताको समूहले १७ करोड लगानीमा ब्राइट फिड प्रालि खोलेका हुन् । प्रालिको शनिवार एक समारोहबीच प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले उद्घाटन गरे । उद्योगले कुखुरा, बंगुर लगायतलाई आवश्यक पर्ने खाद्य पदार्थ उत्पादन गर्ने जानकारी दिइएको छ । मुख्यमन्त्री आचार्यले उत्पादन वृद्धि गर्ने, रोजगारी सृर्जना गर्ने क्षेत्रमा उद्योगहरुको महत्वपूर्ण भुमिका रहने बताए ।  उनले संविधान र लोकतन्त्रको स्थायीयत्व गर्ने काम सँगसँगै उत्पादन वृद्धि, पुर्वाधारको विकास, कृषिको विकास, रोजगारी प्रवर्द्धन सरकारको प्राथमिकता रहेको बताए ।  पशुपंक्षीको आहार विदेश र अन्य प्रदेशबाट आइरहेको सन्दर्भमा धरानमा उद्योग खुलेर आत्मनिर्भर हुने गरि पहल भएको भन्दै मुख्यमन्त्री आचार्यले प्रशंसा गरे । उत्पादन वृद्धि, उद्यम विकास, देशलाई आत्मनिर्भर बनाउन, आर्थिक वृद्धि र व्यापार घाटा बनाउनको लागि यस्तो उद्योग आवश्यक भएको पनि उनले बताए । साधन स्रोत जुटाउन समस्या नहुने तर योजना र व्यवस्थापनको मात्र समस्या भएको आचार्यको भनाइ थियो । उनले उद्यमशिल विकासको लागि सरकार र जनता सबै पक्षले स्वागत र सहयोग गर्ने बताए ।  प्रालिका अध्यक्ष एवम् प्रबन्ध निर्देशक गोपाल श्रेष्ठले किसानहरुलाई असाध्यै समस्या भइरहेको कारण आफूहरुले उद्योग खोलेको बताए । उनका अनुसार लामो समयदेखि पशुपंक्षी पालन गर्ने किसान, दाना वितरक, पशु पोषणविद तथा पशु चिकित्सकहरुलगायत २० जनाको समूह मिलेर उद्योग खुलेको हो ।  यहाँबाट कुखुरा, वंगुर, गाई, भैँसी, माछालगायत पशुपंक्षीको गुणस्तरीय तथा सन्तुलित आहार उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । उद्योगबाट प्रतिदिन २०० मेट्रिक टन दाना उत्पादन गर्ने क्षमता छ ।  बजार विस्तार गर्न उद्योगले थप २० करोड लगानी गर्ने योजना छ । प्रालिमा ५० जनाले प्रत्यक्ष, २०० जनाले अप्रत्यक्ष रोजगारी पाउने श्रेष्ठले बताए । साथै, देशभरका ६ हजार किसानहरु लाभान्वित हुने उनले बताए ।

व्यावसायिक पशुपालन कार्यक्रमका लागि ८ करोड बजेट

भदौ, ३, चितवन । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । माछा, पशु तथा पशुपन्छी विकास र पशु स्वास्थ्यका कार्यक्रमलाई लक्षित गर्दै कार्यालयले आइतवार एक कार्यक्रमका बीच सात करोड ८४ लाख ३५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनको चालू खर्च मात्रै सात करोड ४६ लाख ४० हजार रहेको छ । त्यस्तै पूँजीगत खर्च ३७ लाख ९५ हजार रुपैयाँ रहेको कार्यालयका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा दयाराम चापागाईले जानकारी दिए । उनका अनुसार अनुदानका कार्यक्रम मात्रै साढे पाँच करोड रुपैयाँ बराबरका छन् । कार्यालयले यो आर्थिक वर्ष बाख्रा, गाईभैसी प्रव्र्द्धनसँगै यान्त्रीकरणलाई पनि जोड दिएको छ । बाख्रा प्रवर्द्धन अन्तगर्त ७५ लाख रुपैयाँ बजेट रहेको चापागाइँले बताए ।  त्यस्तै, भरतपुर महानगरपालिका वडा नम्बर २७ मा भैँसीपालन प्रवर्द्धन कार्यक्रमका लागि १५ लाख, रत्ननगर नगरपालिका वडा नम्बर २ मा गाईपालन प्रवर्द्धन गर्न १५ लाख, कबुलियती वन तथा पशु विकास कार्यक्रमका लागि १० लाख, घाँस खेतीको स्रोत केन्द्र स्थापनादेखि प्रवर्द्धनका लागि १९ लाख ६६ हजार रुपैयाँ मन्त्रालयबाट स्वीकृत भएको डा चापागाईंले जानकारी दिए  । कार्यालयले साना कृषक र मझौला कृषक लक्षित गाईभैँसी प्रवर्द्धनको कार्यक्रम पनि राखेको छ । साना कृषक लक्षित गाईभँैसी प्रवर्द्धनमा ३५ लाख र मझौला कृषक लक्षित गाईभैँसी प्रवर्द्धन कार्यक्रममा ३२ लाख रुपैयाँ बजेट छुट्याईएकोे छ । मत्स्य पोखरी क्षेत्र विस्तारका लागि दुई करोड ५० लाख र पुरानो मत्स्य पोखरी मर्मत तथा सम्भारका लागि ३० लाख रुपैयाँ बजेट स्वीकृत भएको कार्यालयले जानकारी दिएको छ । जैविक सुरक्षासहितको खोर, गोठ निर्माण सुधारका लागि ४० लाख रुपैयाँ रकम छुट्याईएकोे छ । यसैगरी, पशु स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्न ३६ लाख ७९ हजार रुपैयाँ बजेट स्वीकृत भएको छ । ‘संघीय सरकारको समन्वयमा गाईभैँसीमा लाग्ने खोरेत रोग विरुद्धको खोप कार्यक्रममा २२ लाख रुपैयाँ विनियोजन भएर आएको छ’, चापागाईले भने, ‘पशुपन्छीमा लाग्ने संक्रमक रोग विरुद्धको खोप, बर्डफ्लू नियन्त्रण, इपिडेमियोलोजिकल रिपोर्टिङलगायतका शीर्षकमा १४ लाख ७९ हजार रुपैयाँ छ ।’ चितवन माछा, मासु, अण्डा र दूधमा आत्मनिर्भर रहेको छ ।  चितवनमा माछापोखरी एक हजार ५००, मत्स्य ह्याचरी १०, माछा दाना उद्योग १, ह्याचरी १०५, दुग्ध उत्पादन सहकारी संस्था १०९, दुग्ध प्रशोधन केन्द्र ८, पशुपन्छी उद्योग २ ओटा रहेको तथ्यांक छ ।  कार्यालयको चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम सार्वजनीकरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले पशुपालनका लागि चितवन सम्भावना धेरै रहेको जिल्ला भएकाले किसान र निजी क्षेत्रसँग समन्वय गरेर अगाडि बढ्न सुझाव दिए । कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख महेन्द्रप्रसाद भण्डारी, साना तथा घरेलु उद्योग कार्यालयका यादव आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई चितवनका प्रमुख विनोद भट्टराई, कृषि ज्ञान केन्द्र चितवनका प्रसार प्रसार अधिकृत मिनबहादुर लगायतको सहभागिता रहेको थियो ।

बाँकेमा दाना उद्योग स्थापना, प्रतिघण्टा ६ टन दाना उत्पादन हुने

साउन २४, बाँके । बाँकेको खजुरास्थित कुखुरा विकास फार्मले आफैँ दाना उत्पादन उद्योग स्थापना गरेको छ ।  कुखुरा, बाख्रा र गाईभैँसीलाई आवश्यक पर्ने दाना उत्पादन गर्ने उद्देश्यले स्थापित सो उद्योगको  भवन निर्माण गर्नाका साथै आवश्यक उपकरण पनि जडान गरिएको छ । सो कार्यका लागि हालसम्म रू. एक करोड दुई लाख लगानी भइसकेको फार्मका प्रबन्धक डा शंकर न्यौपानेले जानकारी दिए । उनका अनुसार भवनका लागि रू. ३८ लाख र जेनेटरसहित अन्य उपकरणका लागि रू. ६४ लाख जति खर्च भएकोे छ ।  उद्योगबाट प्रतिघण्टा ६ टन दाना उत्पादन गर्न सकिने छ । उत्पादित दाना फर्ममा रहेका कुखुरालाई खुवाउन र सरकारी फार्मअन्तगर्तका अन्य फार्मलाई उपलब्ध गराउन र चल्ला तथा कुखुरा खरीद गरेर लैजाने किसानलाई सहुलियत दरमा विक्री गरिने उनले बताए । उत्पादित दाना बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सस्तोमा किसानलाई विक्री गर्ने लक्ष्य रहेको फार्मले जानकारी दिएको छ । सरकारी फार्ममै दानाको उत्पादन हुन लागेकामा ग्रामीण भेगका किसान हर्षित छन् । रासस

दाना उद्योग र अन्न भण्डारण भवन बन्ने

वाग्मती नगरपालिका– ८ शङ्करपुरमा दाना उद्योग निर्माण गरिने भएको छ । शङ्करपुरमा करीब रु एक करोडको लागतमा दाना उद्योगको निर्माण गरिने भएको हो । स्थानीय किसानको व्यावसायिक पशुपालनमा लागत कम गर्न उद्योग सञ्चालन गर्न लागिएको नगर प्रमुख भरतकुमार थापाले बताए ।  उद्योग स्थापनाको पहिलो चरणमा सङ्घीय सरकारबाट नगरपालिकामार्फत रु ५० लाख र साना किसान कृषि सहकारी संस्था लिमिटेड शङ्करपुरबाट रु ५० लाख गरी जम्मा रु एक करोडको लागत साझेदारीमा आगामी असार १५ गतेभित्र कम्पाउण्ड वाल र फुटपाथ निर्माण गरिने संस्थाका प्रबन्धक माधव का...