इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीलाई सरकार बनाउन बहुमत नपुग्ने देखिएको छ। उनको पार्टीले यो निर्वाचनमा १२० सिटमा करिब ५५ सिटसम्म ल्याउने अनुमान गरिएको छ। उनको पार्टीको गठबन्धले ६१ सिटको थ्रेसहोल्ड पूरा गर्न नसक्दा उनी अल्पमतमा पर्ने देखिएको हो।
नेतान्याहुलाई फेरि सत्तामा पुग्न अरु दलको साथ चाहिने हुन्छ। नेतान्याहुका विश्वासपात्र मानिएका नफताली बेनेटको राष्ट्रवादी…