इजरायलसँगको सम्पर्कलाई लिएर लिबियामा विरोध प्रदर्शन शुरु भएको छ । इटालीको रोममा दुवै देशका विदेशमन्त्रीबीच हालै भएको भेटवार्तालाई लिएर विरोध प्रदर्शन भएको हो ।
लिबियाका प्रधानमन्त्रीले आफ्ना विदेशमन्त्री नाज्ला अल माङ्गुशलाई इजरायली समकक्षीसँग भेट गरेपछि निलम्बन गर्नुभएको हो । प्यालेस्टिनको समर्थक लिबियाले इजरायललाई मान्यता दिएको छैन । लिबिया र इजरायलका विदेशमन्त्रीको भेटलाई लिएर बहुसङ्ख्यक अरब देशमा पनि प्रदर्शन भएका छन् ।
इजरायली विदेशमन्त्री एली कोहेनले निलम्बनमा परेका लिबियाका विदेशमन्त्रीसँगको बैठकलाई ऐतिहासिक भन्दै त्...