काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मूल विषयहरूमा सहमति गर्न विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट जानुपर्ने अवस्था आएको बताएका छन्।शनिबार सम्पादकहरूसँगको छलफलमा प्रचण्डले लगातारको संसद् अवरोध हटाउनुपर्ने र एमसिसीबारे पनि सहमति जुटाउनुपर्ने अवस्थामा प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा समेत ओली अनुपस्थित रहेकाले उनलाई भेटेर सहमति जुटाउन आफूहरू नै बालकोट जानुपर्ने अवस्था आएको बताएका हुन्।'लगातार संसद अवरुद्ध गर्ने र सर्वदलीय बैठकमा उनी