नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदन तयार भएको चार वर्ष बित्दा पनि दुवै मुलुकका सरकारी पक्षले बुझ्ने संकेत नदेखाएपछि जनतासामु बाहिर ल्याउने तयारी भएको छ । ईपीजी नेपाल संयोजक भेखबहादुर थापाले ‘प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई यथाशीघ्र हस्तान्तरण गर्ने र सो सम्भव नदेखिए जनसमक्ष ल्याउने तयारी हुँदै गरेको’ जनाएका छन् ।