कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’ बन्ने

कोटेश्वर–जडीबुटी सडकखण्डमा भेहिकल अन्डरपास र फ्लाइओभर निर्माण गर्न अध्ययन प्रतिवेदन बुझाइएको छ । सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर राधिका प्रजापतिले कोटेश्वर–जडीबुटी सडकखण्डमा अन्डरपास र फ्लाइओभर निर्माण हुने बताउँदै त्यसका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अध्ययन गरेर सोको प्रतिवेदन सडक विभागलाई बुझाएको जानकारी दिनुभयो । कोटेश्वर र जडीबुटी क्षेत्रको ट्राफिक जाम समस्या समाधान उपायसहितको अध्ययन गर्न सरकारले जाइकालाई जिम्मेवारी दिएको थियो ।

सम्बन्धित सामग्री

कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’ बनाउन जापानसँग ३१ अर्ब ऋण लिइने

९ माघ, काठमाडौं । सरकारले कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’ सहितका संरचना निर्माण गर्न जापानसँग ३१ अर्ब २ करोड रुपैयाँ ऋण लिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोटेश्वर ‘इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट’ कार्यान्वयन गर्न ३४ अर्ब …

चालू आवमै सम्झौताको तयारी

चालू आर्थिक वर्षभित्र नै अरनिको राजमार्गअन्तर्गत ‘कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट’ निर्माणका लागि लगानी सम्झौता हुने भएको छ । जापान सहयोग नियोग (जाईका)को अध्ययनमा तीनकुनेदेखि जडिबुटीसम्म निर्माण हुने ‘कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट’को लागि १ अन्डरपास र २ फ्लाइओभर निर्माण गर्न प्रस्ताव आह्वान भएको थियो । सोही डिजाइनलाई सडक विभागले उपयुक्त ठहर्‍याएसँगै आयोजनाको लगानी सम्झौताका लागि तयारी अगाडि बढेको […]

काठमाडौंमा ३ वटा फ्लाइओभर, दुई वटा अन्डरपास बनाउने घोषणा

१५ जेठ, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा ३ वटा फ्लाइओभर, दुई वटा अन्डरपास बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ललितपुरको ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने घोषणा गरेका हुन् । यस्तै काठमाडौंको कोटेश्वर तथा नयाँ बानेश्वरमा अन्डरपास बनाउन सुरु गरिने पनि उनले घोषणा गरे ।

ग्वार्को, सातदोबाटो, एकान्तकुनामा फ्लाइओभर बनाइने

काठमाडौं । सरकारले आउँदो वर्ष काठमाडौंमा फ्लाइओभर र अन्डरपास निर्माण गर्ने घोषणा गरेको छ । आइतबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को आय–व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ग्वार्को, सातदोबाटो, एकान्तकुनामा फ्लाइओभर र कोटेश्वर–नयाँबानेश्वरमा अन्डरपास निर्माण गरिने बताए । यस्तै, सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनको बनाउन...

काठमाडौंका तीन ठाउँमा फ्लाइ ओभर निर्माण हुने

सरकारले काठमाडौं उपत्यकाका तीन ठाउँमा फ्लाइ ओभर र दुई ठाउँमा अन्डरपास मार्ग बनाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।उनले काठमाडौं उपत्यकामा सवारी चाप व्यवस्थापन गर्न ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गरिने र कोटेश्वर तथा नयाँ बानेश्वरमा अन्डरपास निर्माण गरिने जनाएका हुन् ।उनले सिस्ने–नागढुंगा सुरुङमार्ग आगामी वर्ष खोलिने पनि जनाए ।

एकान्तकुना र सातदोबाटो चोकमा फ्लाइओभर-अन्डरपास बनाउन बजेट माग

१६ वैशाख, काठमाडौं । विस्तारित चक्रपथको एकान्तकुना र सातदोबाटो चोकमा फ्लाइओभर र अन्डरपास बनाउन सकड विभागले सरकारसँग बजेट मागेको छ । सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले ग्वार्कोमा फ्लाइओभर बनाउन ठेक्का लगाएपछि एकान्तकुना र सातदोबाटोमा पनि क्रसिङ पूर्वाधार बनाउन बजेट मागेको हो । केन्द्रले यसअघि गरेको अध्ययनमा परमार्शदाताले विभिन्न विकल्पसहित प्रारम्भिक रिपोर्ट दिएको थियो […]

अन्डरपास र दुई फ्लाइओभरको प्रस्ताव

अरनिको राजमार्गअन्तर्गत कोटेश्वर–जडिबुटी खण्डमा जापानी परामर्शदाताले अन्डरपास र फ्लाइओभर निर्माण प्रस्ताव गरेको छ । दीर्घकालीन योजनाका लागि जापान सहयोग नियोग (जाइका)ले अन्डरपास र फ्लाइओभर निर्माण गर्न प्रस्ताव गरेको हो ।तीनकुनेमा फ्लाइओभर निर्माण गरी त्रिभुवन विमानस्थलको सिमाना हुँदै जडिबुटीसम्म अन्डरपास निर्माण गर्ने र पुनः जडिबुटीमा फ्लाइओभर निर्माण गर्ने प्रस्ताव जाइकाको छ । यसरी निर्माण हुने तीनकुने–जडिबुटी […]

ग्वार्कोमा फ्लाइओभर, एकान्तकुना र सातदोबाटोमा अन्डरपास बनाउनुपर्ने

१३ फागुन, काठमाडौं । काठमाडौंका तीन ठाउँमा फ्लाइओभर/अन्डरपास बनाउन डिटेल डिजाइनको काम चलिरहेको छ । त्यसमध्ये चक्रपथको ग्वार्को चोकमा फ्लाइओभर तथा सातदोबाटो चोक र एकान्तकुना चोकमा अन्डरपासको अध्ययन भइरहेको छ । विभागले परामर्शदाता कम्पनी छनोट गरेर …