काठमाडौंमा ३ वटा फ्लाइओभर, दुई वटा अन्डरपास बनाउने घोषणा

१५ जेठ, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा ३ वटा फ्लाइओभर, दुई वटा अन्डरपास बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ललितपुरको ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने घोषणा गरेका हुन् । यस्तै काठमाडौंको कोटेश्वर तथा नयाँ बानेश्वरमा अन्डरपास बनाउन सुरु गरिने पनि उनले घोषणा गरे ।

सम्बन्धित सामग्री

राजमार्गमा वन्यजन्तुमैत्री ओभरहेड ब्रिज र अन्डरपास बन्ने

आधाभार (बारा)– पर्सा राष्ट्रिय निकुन्ज क्षेत्रभित्र पर्ने राजमार्गको सडकमा वन्यजन्तुमैत्री ओभरहेड ब्रिज र अन्डरपास बन्ने भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत निकुन्ज क्षेत्रभित्र पर्ने ३५ किमि पथलैया–हेटौंडा तथा पथलैया–ढल्केबार (कमला) सडक खण्डमा वन्यजन्तुको सुरक्षाका लागि एक ओभरहेड ब्रिज र पाँच अन्डरपास बन्ने भएको हो । निर्माण सुरु हुन लागेको पथलैया–ढल्केबार (कमला) सडक खण्डमा पाँचवटा वन्यजन्तुमैत्री अन्डरपास […]

चक्रपथका तीन ठाउँमा ‘अन्डरपास’ बन्ने

दोस्रो चरण अन्तर्गत विस्तार गर्न लागिएको चक्रपथको कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी गुड्ने ‘अन्डरपास’ (भेहिकल अन्डरपास) निर्माण हुने भएको छ । कङ्लकी–वसुन्धारा खण्डको गोङ्गबुस्थित नयाँ बसपार्क, बालाजुको ढुङ्गेधारा र वसुन्धरामा ‘अन्डरपास’ निर्माण हुने भएको हो । ‘अन्डरपास’ निर्माणका लागि चीनसँग सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी ‘अन्डरपास’ निर्माणका लागि चीनसँग सहमति भएको जानकारी दिनुभयो ।

नारायणगढ–बुटवल सडक खण्ड : वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निर्माण गरिने

कावासोती । पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारका क्रममा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निर्माण गरिने भएको छ । सडक निर्माण सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्ड (गैंडाकोट–दाउन्ने)मा २२ र पश्चिम खण्ड (दाउन्ने–बुटवल)मा १३ अन्डरपास तयार हुने आयोजनाका व्यवस्थापक राकेश झाले बताए । वन्यजन्तुका कारण हुने सडक दुर्घटना न्यूनीकरण गर्न तथा दुर्घटनाबाट वन्यजन्तु जोगाउन साना र ठूला गरेर सो संख्यामा अन्डरपास निर्माण गरिने झाले जानकारी दिए । उनका अनुसार कतिपय ठूला पुल र कल्भर्टलाई अन्डरपास बनाइएको छ भने पुल र ठूला कल्भर्ट नभएका स्थानमा अन्डरपासकै संरचना बनाइनेछ ।  यसरी निर्माण गरिने अन्डरपास तीनदेखि १२ मिटरसम्म उचाइ र आवश्यकताअनुसार १६ मिटरसम्म फराकिलो हुने झाले बताए । वन्यजन्तुको निगरानी गर्न क्यामेरा राख्नेगरी अन्डरपास निर्माण गरिने झाले जानकारी दिए । आयोजनाको विस्तृत परियोजना प्रतिवेदनमा ‘ओभरपास’को व्यवस्था नभएको भए पनि दातृ निकाय एशियाली विकास बैंकले दुम्किबासको विनयी खोलाको पुलभन्दा केही पूर्वतर्फ एउटा ओभरपास बनाउनुपर्ने आशय व्यक्त गरेको छ । त्यस सम्बन्धमा अध्ययन भइरहेको झाले बताए । यसअघि गत वैशाखमा सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका जारी गर्दै वन्यजन्तुको ज्यान जोखिममा पर्नेगरी पूर्वाधार निर्माणमा रोक लगाएको थियो भने नेपालमै पहिलोपटक नारायणगढ–मुग्लिन सडकमा वन्यजन्तुका लागि अन्डर पास निर्माण गरिएको थियो । निर्माण कम्पनी चाइना स्टेट इन्जिनीयरिङ कर्पोरेसनले गैंडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलोमिटर सडक बस्ती क्षेत्रमा ६ लेन र जंगल क्षेत्रमा चार लेन बनाउँदै छ । यस्तै दाउन्नेमा तीन लेन विस्तार गर्नेगरी एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा राजमार्गको विस्तार भइरहेको छ । राजमार्ग विस्तारको लागत रू. १६ अर्ब ९९ करोड ५२ लाख बराबर रहेको छ । लागतको ८५ प्रतिशत रकम एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम हुने आयोजनाले बताएको छ । एडीबीले १ दशमलव ५ प्रतिशत ब्याजदरमा ३२ वर्षका लागि ऋण उपलब्ध गराएको हो । साढे तीन वर्षमा सडक निर्माण सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मत गर्नेगरी सम्झौता भएको छ । २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सडक विस्तारको शिलान्यास गरेका थिए । रासस

नारायणघाट–बुटवल सडकमा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ बनाइने

कावासोती – पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक विस्तारको क्रममा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निर्माण हुने भएको छ। सडक निर्माण सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्ड (गैडाकोट–दाउन्ने) मा २२ र पश्चिम खण्ड (दाउन्ने–बुटवल)मा १३ गरेर जम्मा ३५ अन्डर पास तयार हुने आयोजनाका प्रोजेक्ट म्यानेजर राकेश झाले बताए। वन्यजन्तुका कारण हुने सडक दुर्घटना तथा दुर्घटनाबाट वन्यजन्तुलाई जोगाउन साना र […]

आइतबार रत्नपार्कस्थित अन्डरपास छिर्ने सडकमा पर्ने अवैध संरचना भत्काउँदै

आइतबार रत्नपार्कस्थित अन्डरपास छिर्ने सडकमा पर्ने अवैध संरचना भत्काउँदै काठमाडौं महानगरपालिकाका नगर प्रहरी । गत सातादेखि महानगरले नक्सा पासविपरीत बनाइएका संरचना भत्काउने काम गरिरहेको छ । तस्बिर : रासस

नयाँ बानेश्वर र कोटेश्वरमा अन्डरपास सडक बनाइने

जेठ १५, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर र कोटेश्वरमा अन्डरपास सडक मार्ग बनाइने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसदमा आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । आगामी आवमै यसको निर्माण गरिने उनको भनाइ छ ।

एकान्तकुना र सातदोबाटो चोकमा फ्लाइओभर-अन्डरपास बनाउन बजेट माग

१६ वैशाख, काठमाडौं । विस्तारित चक्रपथको एकान्तकुना र सातदोबाटो चोकमा फ्लाइओभर र अन्डरपास बनाउन सकड विभागले सरकारसँग बजेट मागेको छ । सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले ग्वार्कोमा फ्लाइओभर बनाउन ठेक्का लगाएपछि एकान्तकुना र सातदोबाटोमा पनि क्रसिङ पूर्वाधार बनाउन बजेट मागेको हो । केन्द्रले यसअघि गरेको अध्ययनमा परमार्शदाताले विभिन्न विकल्पसहित प्रारम्भिक रिपोर्ट दिएको थियो […]

अन्डरपास र दुई फ्लाइओभरको प्रस्ताव

अरनिको राजमार्गअन्तर्गत कोटेश्वर–जडिबुटी खण्डमा जापानी परामर्शदाताले अन्डरपास र फ्लाइओभर निर्माण प्रस्ताव गरेको छ । दीर्घकालीन योजनाका लागि जापान सहयोग नियोग (जाइका)ले अन्डरपास र फ्लाइओभर निर्माण गर्न प्रस्ताव गरेको हो ।तीनकुनेमा फ्लाइओभर निर्माण गरी त्रिभुवन विमानस्थलको सिमाना हुँदै जडिबुटीसम्म अन्डरपास निर्माण गर्ने र पुनः जडिबुटीमा फ्लाइओभर निर्माण गर्ने प्रस्ताव जाइकाको छ । यसरी निर्माण हुने तीनकुने–जडिबुटी […]

कलंकीपछि अब नयाँबानेश्वर र महाराजगञ्जमा पनि अन्डरपास

काठमाडौं । काठमाडौंकाे अत्यधिक सवारी चापलार्इ मध्यनजर गर्दै सरकारले फेरी थप दुई ठाउँमा अन्डरपास निर्माण सम्भाव्यता अध्ययन थालेको छ । निर्माणाधिन कलंकीमा अन्डरपास अन्तिम चरणमा...

नयाँ बानेश्वरमा पनि बन्ने भयो ‘अन्डरपास’

सरकारले नयाँ बानेश्वर चोकमा पनि अन्डरपास (सुरुङ मार्ग) बनाउने भएको छ । चिनियाँ सहयोगमा कलंकीमा बनिरहेको अन्डरपास डिजाईनमा बानेश्वरमा पनि बनाउन लागिएको हो। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। यसअघि फ्लाईओभर बनाउने योजना रहेकामा सम्भाब्यता अध्ययनले माटोमा कमजोरी देखिएपछि बानेश्वरमा पनि अन्डरपास बनाउने निर्णय गरिएको हो । अन्डरपास निर्माणको प्रक्रिया अगाडि बढाउन लागिएको सडक…