गण्डकीका प्रदेश सभा सदस्यले शपथ लिए

कास्की – गण्डकी प्रदेश सभा सदस्यले आज बिहीवार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभा सदस्यलाई ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराउनुभएको हो । यसअघि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हिजाे बुधवार बस्याललाई शपथ गराउनुभएको थियो । शपथ ग्रहण समारोहमा प्रदेश सभा सदस्य निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्रसहित राष्ट्रिय एवम् जातीय पहिचान झल्किने पोसाकमा उपस्थित थिए । ६० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा (माओवादी केन्द्र) का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा (एकी...

सम्बन्धित सामग्री

लुम्बिनीका प्रदेश सभा सदस्यले शपथ लिए

रुपन्देही – लुम्बिनी प्रदेश सभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज आइतवार लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आयोजित समारोहमा नवनिर्वाचित सदस्यले शपथ लिएका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले नवनिर्वाचित सदस्यलाई शपथ गराउनुभएको हो ।  प्रतिनिधि सभा तथा अन्य प्रदेशमा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ गराइ ज्येष्ठ सदस्यले प्रदेश सभा सदस्यलाई शपथ गराउने चलन रहे पनि लुम्बिनीमा भने प्रदेश प्रमुखले नै शपथ गराउने गरिएको छ ।   लुम्बिनी प्रदेश सभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डिल्लीराज भुसालले गर्नु हुने...

बाग्मती प्रदेशका सांसदले शपथ लिए

मकवानपुर – बाग्मती प्रदेश सभा सदस्यले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेश सभा सचिवालयमा आज बिहीवार दिउँसो एक कार्यक्रममा सांसदहरूले शपथ लिएका हुन् ।  बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री, मन्त्री, पूर्वसभामुखसहितको उपस्थितिमा शपथ ग्रहण कार्यक्रम गरिएको हो । आज प्रदेश सभाका एक सय नाै जना सदस्यलाई प्रदेश सभाका जेष्ठ सदस्य ७२ वर्षीय रामप्रसाद ढुंगानाले शपथ ग्रहण गराउनुभएको हो ।  हिजो बुधवार ढुंगानाले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष शपथ ग्रहण गरेपछि आज अरू सदस्यले शपथ लिएका हुन् । अब...

प्रदेश १ का सांसदले शपथ लिए

काठमाण्डाै – प्रदेश नं १ का सांसदले आज साेमवार पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेश सांसदले दिउँसो साढे १ बजे शपथ लिएका प्रदेश सभा सचिवालयले जनाएको छ । शपथ लिनुअघि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभा सदस्य मध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई दिउँसो साढे १२ बजे प्रदेश सभाध्यक्षका रूपमा शपथ गराउनुभएकाे थियाे । त्यसपछि सभाध्यक्षले अन्य ९२ जना सांसदलाई शपथ गराउनुभयाे ।  प्रदेश सभामा पाँच जना सांसदले मातृभाषामा शपथ लिनुभएकाे छ । इन्द्रबहादुर आङ्बो, खिनु लङवा लिम्बू, कमलप्रसाद जवेगु, खग...

मधेश प्रदेशमा राज्यमन्त्रीले शपथ लिए

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नागेन्द्र राय यादवलाई राज्यमन्त्रीको शपथ गराएका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका राज्यमन्त्री नियुक्त यादवलाई शपथ गराएका हुन्। प्रदेश सभा सदस्य यादव नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट आइतबार सरकारमा सहभागी भएका हुन्। राज्यमन्त्री बनेका यादव राैतहटका बासिन्दा हुन्।यसअघि गत मंसिर ५ गते नेकपा एकीकृत समाजवादीबाटै उद्योग वन पर्

काँग्रेसका शपथ लिए, माओवादीका लागि गृहकार्य पुगेन

नेपाली काँग्रेस प्रदेश नं २ को सरकारमा सहभागी भएको छ । प्रदेश नं २ को प्रदेश प्रमुख राजेश झाले काँग्रेसबाट सहभागी तीन जना प्रदेश सभा सदस्यलाई मन्त्री पदको शपथ गराउनुभएको छ । प्रदेश नं २ का प्रदेश प्रमुखको कार्यालयमा बुधबार राती नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता रामसरोय यादबको नेतृत्वमा ओमप्रकाश शर्मा र बिरेन्द्र प्रसाद सिंहले मन्त्री पदको शपथ ग्रहण गर्नुभएको हो । प्रदेश २ को मन्त्रीपरिषद्का प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानकुमार यादबले मन्त्री पदमा नियुक्त राम सरोज यादबलाई भौतिक पूर्बाधार बिकास मन्त्रालय, ओम शर्मालाई खानेपानी तथा उर्जा बिकास मन्त्रालय र बिरेन्द्रप्रसाद सिंहलाई महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रीको जिम्मेवारी दिइएको छ । १०७ सदस्यीय प्रदेशसभामा काँग्रेसका १९ जना सदस्य छन् ।