सेमिफाइनल खेलमा डेनमार्कका गोलकिपर कास्पर स्माइकललाई ताकेर एक इंलिस समर्थकले लेजर लाइट देखाएका थिए । यस घटनामा इङ्ग्ल्यान्डमाथि कारबाही भएको छ । युइएफएले इङ्ग्ल्यान्डलाई २६ हजार पाउन्ड जरिवाना गरेको हो । स्माइकलले ह्यारी केनको पेनाल्टी रोक्ने तरखर गरिरहेका बेला उनका आँखामा पर्नेगरी लेजर लाईट ताकिएको थियो । त्यसका बाबजुद स्माइकलले पेनाल्टी जोगाएपनि रिबाउन्डमा केनले गोल गरेर २–१ को जित दिलाउँदै इङ्ग्ल्यान्डलाई फाइनलमा पुर्याए । यही खेलको सुरुमा डेनमार्कको राष्ट्रिय गान बज्दा पनि इं