आत्मनिर्भर बनेको कुखुरापालन व्यवसाय निषेधाज्ञाले बढी प्रभावित
सरकारले हालै आत्मनिर्भर भएको घोषणा गरेको कुखुरापालन (पोल्ट्री) व्यवसाय कोभिड१९ का कारण सबैभन्दा बढी प्रभावित हुने देखिएको छ ।
कोभिड१९ को पहिलो लहरबाट प्रताडित पोल्ट्री क्षेत्र
नेपाल आत्मनिर्भर भएको भनिएको कुखुरापालन व्यवसाय अहिले विभिन्न कारणले संकटमा फस्न थालेको छ । व्यवसाय धान्न नसकेपछि व्यवसायीहरू पलायन हुन थालेको भनाइ छ । आत्मनिर्भर भनिएको कुखुरापालन व्यवसाय किन अहिले संकटमा पर्यो त ?
कुनै पनि उद्योग आत्मनिर्भर हुनु भनेको उत्पादनको हिसाब गरेर मात्रै हुँदैन । विश्व खाद्य संगठनले तोकेको परिमाणको हिसाबले आत्मनिर्भर भनिए पनि औद्योगिक चक्रको आधारमा कत्तिको आत्मनिर्भर भएको हो भन्ने हेरिनुपर्छ । नेपालमा कुखुराको अण्डा र कुखुराको मासु पर्याप्त उत्पादन हुँदा मुलुकको माग बराबर उत्पादन भएपछि यसलाई आत्मनिर्भर भनिएको हो । तर, उत्पादनका कच्चा वस्तु र अन्य सहायक वस्तुहरूको आयात गरेर आत्मनिर्भरको तहमा पुग्दैमा मुलुक आत्मनिर्भर भइहाल्ने होइन । तथ्यांकीय हिसाबमा भने यसलाई आत्मनिर्भर मानिन्छ । नेपालमा ८ हजार कुखुरा फर्म रहेकामा अहिले त्यो घटेर ४ हजारमुनि पुगेको व्यवसायीको भनाइ छ । यति ठूलो परिमाणमा फर्महरू बन्द भएका हुन् भने त्यो अर्थतन्त्रका लागि खतराको घण्टी हो । नेपाल कुखुराको दानाका लागि पनि आत्मनिर्भर मानिन्छ । तर, दानाका लागि मकैलगायत वस्तु विदेशबाट आयात हुन्छ । त्यस्तै किसानले कुखुराका चल्ला लगेर पाल्ने हुन् । ती चल्ला जन्माउन चाहिने प्यारेन्ट कुखुरा भने आयात गर्नुपर्ने अवस्था छ । प्यारेन्ट कुखुरा उत्पादन गर्ने प्रशस्त ह्याचरी नभई कुखुराको मासु र अण्डामा आत्मनिर्भर भएको भनी स्वीकार्न सकिन्न । यसरी बीउ नै नभएको अवस्थालाई आत्मनिर्भरताको अवस्था मान्न सकिँदैन । नेपालमा प्यारेन्ट कुखुरा आयात गर्नुपर्ने बाध्यता हटेको छैन । यद्यपि व्यवसायीहरूले प्यारेन्ट ह्याचरी बनाउने कुरा उठेको दशक पुगिसकेको छ । प्यारेन्ट कुखुरा उत्पादन गर्ने ह्याचरी खुलेको पनि पाइन्छ । तर, त्यसको संख्या ज्यादै न्यून छ ।
अहिलेको समस्याको जड के हो भन्ने स्पष्ट छैन । कोरोना महामारी र रूस–युक्रेन युद्धका कारण अर्थतन्त्र मन्दीमा गएको छ तर दैनन्दिन जीवनलाई ध्वस्त पार्ने खालको समस्या भने देखिएको छैन । नेपालमा अर्थतन्त्रमात्र होइन, निर्माण क्षेत्रमा अन्य क्षेत्रमा पनि कोरोना र रूस–युक्रेन युद्धलाई दोष देखाएर सरकारी अधिकारीहरू सरक्क पन्छने गरेका छन् । व्यवसायीहरूमा पनि यस्तै प्रवृत्ति नदेखिएको होइन । यद्यपि परिमाण भने निकै कम छ ।
अहिले चर्को ब्याजदर र बजारमा मागको कमी आएको कुरालाई लिएर उद्योगव्यवसायका धेरैजसो क्षेत्रले समस्या परेको बताइरहेका छन् । यो भनाइमा कति सत्यता छ सरकारले अनुसन्धान गर्न जरुरी देखिइसकेको छ । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रकै बारेमा कहिले सकारात्मक त कहिले नकारात्मक टिप्पणी गरेको पाइन्छ । जे भए पनि अहिले कुखुरापालन व्यवसायमा समस्या आएको छ भनेर भन्नचाहिँ सकिन्छ । अब यसलाई कम गर्न उत्पादनको लागत कम हुनुपर्छ । सरकारले उत्पादित सामानको बजार हिस्सा नखोसिने तर प्रतिस्पर्धा हुने वातावरण बनाइदिनुपर्छ । अहिले कुखुरापालनमा देखिएको समस्याको निदान पनि यसै गरेर मात्रै सम्भव हुन्छ ।
मुलुक कुखुराजन्य उत्पादनमा आत्मनिर्भर रहेको भनिए पनि पछिल्लो पटक कुखुरापालन व्यवसाय सङ्कटमा रहेको व्यवसायीले बताएका छन् । पोल्ट्री व्यवसायी महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले नेपालको पोल्ट्री व्यवसायको अवस्था पछिल्लो समयमा ज्यादै सङ्कटग्रस्त रहेको बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय मागभन्दा उत्पादन बढी हुनु र दानाको मूल्य आकाशिनु यो व्यवसायका लागि सङ्कट हो ।
बैदेशिक रोजगारीबाट फर्किएका चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेका युवा सामूहिक कृषि कर्ममा जुटेका छन् । नयाँ पुस्ताका युवाले कृषिकर्मलाई बेवास्ता गरिरहेको समयमा कुबिण्डेका युवा सामूहिक रुपमा नै कृषि पेशा तर्फ आकर्षित भएका हुन । कुविण्डेका तीनजना युवा मिलेर करिब पौने करोड लगानीमा सामूहिक भैंसीपालन र तरकारी खेतीमा जुटेका छन् । बैदेशिक रोजगारीबाट फर्किएर आफ्नै भूमिमा आत्मनिर्भर बन्ने अभ्यास सुरु गरिएकोमा अहिले राम्रो आम्दानीको स्रोत आफ्नो कृषि फर्म भएको उहाँहरुले बताउनुभएको छ ।
‘हामीले विदेशमा हुँदै नेपाल फर्किएर कृषि कर्ममा जुट्ने योजना बनाएका थियौ ।’ उद्यमी कुमार सापकोटा र माधबराज गिरीले भन्नुभयो । ‘विदेशमा गरे जति दुःख यहाँ छैन, तर आम्दानी राम्रो छ ।’ गिरीले सुनाउनुभयो । स्वदेश फर्किएका पछि गाउँमै कुखुरापालन व्यवसाय गरिरहेका टोपनाथ सापकोटालाई समेत सामेल गराई कृषि पेशालाई अझँै वृहत्त बनाएर अगाडि बढेको उहाँहरु बताउनुहुन्छ ।
‘गत बर्षको पुष महिनाबाट सिन्धु–कुविण्डे कृषि फर्म दर्ता गरी ११ वटा भैंसी पाल्न सुरु गरिएकोमा यो वर्ष ४० वटा भैंसी पु¥याउने लक्ष्यकासाथ अगाडि वढ्यांै । निरन्तर सफलता हात लागेको छ ।’ सापकोटाले भन्नुभयो । फर्मलाई रिसर्च सेन्टर बनाउने योजनामा उहाँहरु रहनुभएको छ ।
आफ्नै जग्गासहित भाडामा लिएको करिब एकसय रोपनि जग्गामा तरकारी खेतीसँगै विकासे घाँस समेत लगाएका छन् । परम्परागत खेती प्रणालीबाट अगाडि उठ्दै व्यवसायिकरुपमै कृषि पेशामा लागेको सञ्चालक टोपनाथ सापकोटाले बताउनुभयो ।
फर्ममा उत्पादन भएको करिब एक सय ५० लिटर दुध जिल्ला सदरमुका
मुलुकमा कुखुराजन्य वस्तुको वार्षिक कारोबार ४० अर्ब रुपैयाँ पुगेको छ । कुखुराको मासु, अण्डा, चल्ला, मलको कारोबार बढेपछि कुखुरापालन व्यवसाय फस्टाएको हो ।