माघ महिनाको सुरु दिन बिहीबार घिउ, चाकु, उसिनेको तरुल र तीलको परिकार खाएर माघे सङ्क्रान्ति पर्व मनाइँदै छ ।
यसै दिन मासको दाल र चामल मिसाएर घिउ हालेर बनाइएको खिचडी पनि खाने चलन छ ।
बागमती अञ्चल आयुर्वेद औषधालयका प्रमुख डा. अञ्जु कार्कीका अनुसार जाडोयामको मध्यमा यस्तो खाद्य पदार्थले शरीरमा ऊर्जा दिन्छ । उनले भनिन्, ‘‘ताप सन्तुलनमा राख्छ र चिसोबाट जोगाउँछ । रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । शरीरलाई निरोगी राख्छ । चर्म रोग हुनबाट जोगाछ । ’’
कन्दमूलले पाचन शक्ति बलियो बनाउँछ । उहाँले सङ्क्रान्...