अटोले दुई प्रहरीलाई हानेर गाँजा तस्कर भागे

काठमाडौं।बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ आधाभार जंगलबाट ना.१ ह ६५७९ नम्बरको अटोबाट प्रहरीले १५ केजी गाँजा शुक्रबार बिहान बरामद गरेको छ। हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको अटोलाई अमलेखगन्जबाट खटिएको प्रहरीले रोक्न खोजेको थियो।त्यसपछि दुई जना प्रहरीलाई ठक्कर दिई अटो चालक र अटोमा सवार व्यक्ति भागेका थिए। अटोको ठक्करबाट घाइते भएका २ जना प्रहरी कर्माचारीहरु अल्पाईन अस्पताल सिमरामा उपचार पश्चात डिस्चार्ज भएका छन्।

सम्बन्धित सामग्री

गाँजा तस्कर समूह र प्रहरीबीच गोली हानाहान

काठमाडौं । बारामा गाँजा तस्कर समूह र प्रहरीबीच गोली हानाहान भएको छ । शनिबार राति भक्तलाल खोलाको बगरमा गस्तीमा रहेको प्रहरी टोलीलाई ताकेर गाँजा तस्करले गोली हानेको प्रहरीले जनाएको छ । गाँजा तस्करी भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोस्ट रतनपुरबाट प्रहरी टोली भक्तलाल खोलाको बगरमा पुगेको थियो । त्यस क्रममा प्रहरीलाई देख्नासाथ तस्कर समूहले गोली चलाएको हो । जवाफमा प्रहरीले पनि ५ राउन्ड गोली चलाएको हो । घटनास्थलबाट हेटौंडा उपमहानगरपालिका–६ का ४७ वर्षीय इमानसिंह तामाङलाई प्रहरीले पक्राउन गरेको छ । साथै १०२ किलो गाँजा पनि बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खोलाको बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

बाराको निजगढ नगरपालिका– १३ भक्तलाल खोलाको बगरमा शनिवार राती प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको छ । राती करिव १० वजे ८/१० जनाको समूहमा रहेका लागुऔषध तस्करहरुले प्रहरीलाई देख्ने वित्तिकै ...